निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध « Khabarhub

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले निर्वाचनका समयमा बालबालिकाको प्रयोग गर्न/गराउन नहुने वातावरण सुनिश्चित गर्न अनुरोध गरेको छ ।

परिषद्ले आज विज्ञप्ति जारी गरी आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको अवधिभरः निर्वाचन हुने दिन अगाडि, निर्वाचनको दिन र निर्वाचन भए पछाडिको निर्वाचनसम्बन्धी कार्यक्रममा बालबालिकाको प्रयोग गर्न गराउन नहुने वातावरण सुनिश्चित गर्न अनुरोध गरेको हो ।

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वद्र्धन, सम्मान र परिपूर्ति सुनिश्चित गर्न गराउन निर्वाचनको प्रचारप्रसार, जुलुस तथा विजयोत्सवलगायत कार्यमा सबै राजनीतिक दल, दलका भ्रातृ सङ्गठन र उम्मेदवारहरुले बालबालिकाको प्रयोग गर्न÷गराउन नहुने वातावरण सुनिश्चित गर्नुपर्नेमा परिषद्को जोड छ ।

परिषद्ले विद्यमान बालबालिका र निर्वाचनसम्बन्धी कानुनी व्यवस्था र निर्वाचन आचारसंहिता, २०८२ मा भएको व्यवस्थाबमोजिम १८ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारले चुनावसम्बन्धी प्रचारप्रसार, स्वागत तथा सम्मान, आमसभा, कोणसभा जुलुस, अभियान तथा बैठकमा सहभागी गराउन र त्यस्ता दल, सङ्गठन वा समूहमा सङ्गठित हुन निषेध गरेको पनि उल्लेख गरेको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ९ : १५ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क