निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध « Khabarhub

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले निर्वाचनका समयमा बालबालिकाको प्रयोग गर्न/गराउन नहुने वातावरण सुनिश्चित गर्न अनुरोध गरेको छ ।

परिषद्ले आज विज्ञप्ति जारी गरी आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको अवधिभरः निर्वाचन हुने दिन अगाडि, निर्वाचनको दिन र निर्वाचन भए पछाडिको निर्वाचनसम्बन्धी कार्यक्रममा बालबालिकाको प्रयोग गर्न गराउन नहुने वातावरण सुनिश्चित गर्न अनुरोध गरेको हो ।

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वद्र्धन, सम्मान र परिपूर्ति सुनिश्चित गर्न गराउन निर्वाचनको प्रचारप्रसार, जुलुस तथा विजयोत्सवलगायत कार्यमा सबै राजनीतिक दल, दलका भ्रातृ सङ्गठन र उम्मेदवारहरुले बालबालिकाको प्रयोग गर्न÷गराउन नहुने वातावरण सुनिश्चित गर्नुपर्नेमा परिषद्को जोड छ ।

परिषद्ले विद्यमान बालबालिका र निर्वाचनसम्बन्धी कानुनी व्यवस्था र निर्वाचन आचारसंहिता, २०८२ मा भएको व्यवस्थाबमोजिम १८ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारले चुनावसम्बन्धी प्रचारप्रसार, स्वागत तथा सम्मान, आमसभा, कोणसभा जुलुस, अभियान तथा बैठकमा सहभागी गराउन र त्यस्ता दल, सङ्गठन वा समूहमा सङ्गठित हुन निषेध गरेको पनि उल्लेख गरेको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ९ : १५ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज