काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज भएकोमा आपत्ति जनाएका छन् । कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका उनको उम्मेदवारी आज आयोगले खारेज भएको जानकारी गराएको हो ।
यसपछि उनले आफूविरुद्ध राजनीतिक विभेद भएको बताएका छन् । ‘राजनैतिक सिकार बनाउनुको पनि हद हुन्छ, बिभेद दमन र उपेक्षित समुदायलाई उत्पिडनमा पार्दा प्रयोग गरिने हतियार पनि कस्ता कस्ता ?,’ चौधरीले फेसबुकमा लेखेका छन्, ‘मण्डेलाले लामो संघर्ष गर्दाको परिणाम प्राप्ति सिंगो अफ्रिाका हो। पहिचानको लामो लडाइँको मार्ग कतै त्यहि हुने त होइन ? भन्ने भय छ। राजनैतिक विभेदकाविरुद्ध सबैको साथ भनेकै जाँतोमा (चकिया) मा मतदान हो।’
चौधरीले यसविरुद्ध देशैभर जाँतो चिह्नमा मतदान गर्न समेत आह्वान गरेका छन्। ‘मेरो उम्मेदवारी खारेजविरुद्ध देशैभर जाँतोमा मतदान गरेर नाउपा नेपाललाई साथ दिनुहुनेछ भन्ने अपेक्षासहित,’ उनले लेखेका छन्।













प्रतिक्रिया