तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण « Khabarhub

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन हजार २२ विद्यार्थीको मुटुको परीक्षण गरिएको छ ।

हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौँको सहयोग र नेपाल हृदयरोग निवारण प्रतिष्ठान एकाइ म्याग्दीको आयोजनामा प्रकाश मावि बेनी र बेनी सामुदायिक माविमा विद्यार्थीको मुटुको परीक्षण गरिएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान एकाइ म्याग्दीका अध्यक्ष रामजीप्रसाद सुवेदीले बताए ।

शिविरमा एक सय विद्यार्थीको मुटुको भिडियो एक्स–रे (इकोकार्डियोग्राफी) मार्फत परीक्षण गर्दा तीन विद्यार्थीको मुटुको उपचार गर्नुपर्ने पाइएको उनले बताए ।

शिविरमा एक सय शिक्षक, कर्मचारीलगायतको स्वास्थ्य परीक्षण गरिएको थियो । म्याग्दी जिल्लामा प्रतिष्ठानको एकाइ गठन भएपछि पहिलोपटक आयोजित शिविरमार्फत जटिल समस्या देखिएका विद्यार्थीको निःशुल्क उपचार गरिएको हो ।

मुटुरोग विशेषज्ञ डा प्रेमराज वैद्यसहित ६ चिकित्सक टोलीले बालमन्दिर मावि, जडभरत आधारभूत विद्यालय, म्याग्दी बहुमुखी क्याम्पस, हंसबाहिनी आधारभूत विद्यालय, जामुनाखर्क मावि, सरस्वती मावि तातोपानी, सरस्वती आधारभूत विद्यालय बगरफाँटका विद्यार्थीलाई लक्षितगरी शिविर सञ्चालन गरिएको हो ।

बाथ रोगलाई हेल्चेक्रयाइँ गर्दा बालबालिकामा मुटुको समस्या देखिने गरेको डा वैधको भनाइ छ । शिविरको बेनी नगरपालिकाका शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले उद्घाटन गरेका थिए । सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, प्रअ लेखबहादुर हमाललगायतको उपस्थिति थियो ।

हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौँका पूर्वअध्यक्ष दीपेन्द्र पुरुष ढकालले बालबालिकामा देखिनसक्ने जन्मजात तथा बाथ, मुटुरोगको समयमै पहिचान गरी उपचारमा सहयोग पु¥याउनका लागि विद्यार्थीको निःशुल्क मुटु परीक्षण गरिएको बताए । म्याग्दीमा प्रतिष्ठानमार्फत ग्रामीण क्षेत्रमा शिविर सञ्चालन गर्ने योजना छ । आर्थिक अवस्था कमजोर भएका बिरामीको उपचारमा सघाउने प्रतिष्ठानका जिल्ला सचिव केशवप्रसाद रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १० : ०६ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज