मकवानपुरको मनहरीमा बस दुर्घटना : २२ यात्रु घाइते « Khabarhub

मकवानपुरको मनहरीमा बस दुर्घटना : २२ यात्रु घाइते


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा बस दुर्घटना भएको छ ।

मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार वीरगन्जबाट चितवनतर्फ गइरहेको बाप्र ०६–००१ख ००५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना भएको हो ।

बस अनियन्त्रित भएर सडकको बायाँ साइडको विद्युत पोलमा ठोक्किँँदा बसमा सवार २२ जना यात्रु घाइते भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

प्रवक्ता बोगटीका अनुसार सबै घाइतेलाई उपचारका लागि चितवन अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ९ : ३० बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन