आज २०८२ साल चैत ८ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल चैत ८ गते आइतबारको राशिफल


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल चैत ८ गते आइतबार चैत शुक्ल पक्षको चतुर्थी तिथि  तदनुसार सन् २०२६ मार्च २२ तारिख।  विश्व जल दिवस आज परेको छ।  नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष  : दैनिकी राम्रो छ । भविष्यको योजना आफैले बनाउनुपर्ने दिन छ । प्रयास गरेको क्षेत्रबाट प्रतिफल राम्रो प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष  :  दिन राम्रो छ । शिक्षा क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ । कर्म क्षेत्रमा सन्तुष्टि मिल्नेछ । परिवारको सहमतिमा काम गर्नु राम्रो हुनेछ । वैदेशिक क्षेत्रको लगानीमा सचेत हुनुपर्ने दिन छ ।

मिथुन  : समय धेरै राम्रो छ । आर्थिक क्षेत्रमा उन्नति र सामाजिक क्षेत्रको सम्बन्ध सुधार हुनेछ । परिवारबाट सहयोग प्राप्त हुनेछ । शिक्षामा भने मिहिनेत गर्नुपर्ने छ ।

कर्कट  : दिन राम्रो छ । धार्मिक यात्रा हुनेछ । साथीसँगको भेट रमाइलो हुनेछ । शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ । स्वास्थ्यमा समस्या भए सुधार हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह  :  आजको दिन राम्रो छ । बौद्धिक व्यक्तिसँग भेट हुनेछ । साथीभाइले साथ दिनेछन्। स्वदेशको भन्दा विदेशको लगानीबाट फाइदा हुनेछ ।

कन्या  : समय सामान्य छ । सञ्चित धन खर्च हुने जोखिम बढ्नेछ । लगानी गर्ने भए शिक्षा क्षेत्रमा प्रगति हुनेछ । वैदेशिक रोजगारीमा उन्नति हुनेछ । परिवारभित्र खटपटी बढ्ने जोखिम हुनसक्छ ।

तुला  : दिन राम्रो छ । शिक्षा क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ । कर्म क्षेत्रमा सन्तुष्टि मिल्नेछ । परिवारको सहमतिमा काम गर्नु राम्रो हुनेछ । वैदेशिक क्षेत्रको लगानीमा सचेत हुनुपर्ने दिन छ ।

वृश्चिक  : दैनिकी सामान्य राम्रो छ । आर्थिक क्षेत्रमा गरेको लगानीबाट ठुलो फाइदा हुनेछ । गुमेको धन हात लाग्ने योग छ । शिक्षा क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । परिवारसँगको सम्बन्ध राम्रो रहने छ ।

धनु  : पुराना साथीको भलाकुसारीबाट दिन रमाइलो बन्नेछ । शिक्षा क्षेत्रमा फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध राम्रो छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।   व्यापारबाट आर्थिक लाभ हुनेछ ।

मकर  : समय सामान्य छ । स्वार्थ समूह सक्रिय भएकाले काम गर्दा सचेत हुनुपर्ने देखिन्छ । न्यायपूर्वक गरेको लगानीबाट फाइदा हुनेछ । परिवार र प्रेम सम्बन्ध सुखमय रहनेछ ।

कुम्भ  : दैनिकी राम्रो छ । आर्थिक अवस्था सुधार हुनेछ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुने योग छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेममा सफलता मिल्नेछ।

मीन  : सम्पति मिल्नेछ । शिक्षाको क्षेत्रमा लगानी गरेको भए राम्रो हुनेछ । अनावश्यक खर्चबाट आफैं जोगिनु राम्रो हुन्छ । सापटी नदिनु उचित हुन्छ । परिवारभित्र विवाद बढ्ने भएकाले थोरै बोल्नु राम्रो हुन्छ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ५ : २१ बजे

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन