निफका लागि ‘शोले’का निर्देशक रेमश सिप्पी नेपाल आउँदै « Khabarhub

निफका लागि ‘शोले’का निर्देशक रेमश सिप्पी नेपाल आउँदै


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका चर्चित निर्देशक, निर्मात र कलाकार रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा उद्घाटन समारोहमा विशेष उपस्थित रहने भएको छ ।

निफका अध्यक्ष केपी पाठकका अनुसार उनी उद्घाटन कार्यक्रममा विशेष उपस्थिति जनाउन नेपाल आउने पक्का भएको हो ।

निफमा सहभागी हुने निर्देशक सिप्पीले भारतीय फिल्मको यात्रा, आफ्नो फिल्मी यात्रा र अनुभवबारे नेपाली फिल्म मेकर र दर्शकमाझ सेयर गर्ने कार्यक्रम पनि राखिएको अध्यक्ष पाठकले जनाए ।

पाठकले भने, ‘नेपाली–भारतीय मेकरहरूको सम्बन्ध विस्तार र दिग्गज व्यक्तित्वको अनुभवले भारतीय फिल्म मेकिङको अनभुवले नेपाली मेकरहरूलाई बलिउड बजारबारे पक्कै केही जानकारी मिल्ने भएकाले उहाँलाई निफमा ल्याउने प्रस्ताव गरेका थियौं । उहाँले स्वीकार गर्नुभयो ।’

रमेश सिप्पीले दर्जनभन्दा बढी फिल्म निर्देशन गरेका छन् । बलिउडमा काशेढुंगाका रुपमा साबित भएको फिल्म ‘शोले’ उनकै निर्देशनमा बनेको हो ।

पछिल्लो समय उनले निर्देशन गरेको फिल्म ‘सिम्ला मिर्ची’ सन् २०२० मा प्रदर्शनमा आएको थियो । उनी दर्जनौं फिल्मको निर्माता र केही फिल्ममा कलाकार बनेकासमेत छन् ।

सिप्पली आफ्नो निर्देशनमा बनेका फिल्महरूमा शाहरुख खान, अमिताभ बच्चन, सञ्जय दत्त, ज्याक्की श्रफ, मिथुन चक्रवर्ती, ऋषि कपुर, दिलिप कपुर, शशी कपुर, धर्मेन्द्र र राजेश खन्नालगयातका बलिउड स्टारलाई अभिनय गराएका छन् ।

नवौं संस्करणको निफ चैत १९ बाट काठमाडौं हुँदैछ । आयोजकका अनुसार निफमा ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक–फरक विषयमा १० वटा अन्तर्क्रियात्मक कार्यक्रमहरू गरिनेछ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  २ : २८ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन