कांग्रेसको निष्कर्ष- आन्तरिक कारणले चुनावमा पराजित भयौँ « Khabarhub

कांग्रेसको निष्कर्ष- आन्तरिक कारणले चुनावमा पराजित भयौँ


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको आन्तरिक कारणले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । 

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठककाबीच सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसले पार्टीले पराजय भोगेको अधिकांश क्षेत्रको मतान्तरलाई हेर्दा पार्टीको आन्तरिक कारणले नै अपेक्षित मत नआएको प्रारम्भिक निष्कर्ष रहेको बताए ।

त्यसका अतिरिक्त निर्वाचन क्याम्पेनिङमा भएका त्रुटि समेत देखिएकाले बैठकमा विस्तृत रुपमा छलफल भइरहेको उनले बताए । त्यस्तै उनले कतिपय क्षेत्रहरूमा संगठनात्मक कमजोरी मात्रै नभई पार्टीप्रति जनताको विश्वासमै पनि प्रश्न उठेको आभास बैठकले गरेको उल्लेख गरे । 

पार्टीको क्रियाशील सदस्यको सङ्ख्या बढ्दै जाँदा मत भने घट्दै गएकाले निर्वाचनको परिणामलाई गहिरो र तथ्यमा आधारित भएर पार्टीले विश्लेषण गर्ने उनको भनाइ छ ।

उनले निर्वाचन परिणामका विषयमा पार्टीमा प्रस्तुत भएका प्रतिवेदनका साथै जिल्लाबाट आएका रिपोर्टहरूलाई समेत एकै ठाउँ राखेर सूक्ष्म अध्ययनपछि निष्कर्ष निकाल्ने जानकारी दिए ।

उनले आगामी दिनमा कांग्रेस आफूलाई नवजीवन दिने र पार्टीलाई पुनः सुदृढ गर्दै अघि बढ्ने उल्लेख गरे । 

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  २ : ४९ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी