‘सरकारले निजी सवारीलाई निरुत्साहित र विद्युतीय सवारी प्रोत्साहन गरेन’ « Khabarhub

‘सरकारले निजी सवारीलाई निरुत्साहित र विद्युतीय सवारी प्रोत्साहन गरेन’


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई तत्काल सार्वजनिक यातायात व्यवस्थापन गर्न अनुरोध गरेको छ । महासंघका महासचिव सरोज सिटौलाले सरकारले तत्काल ऊर्जा खपतको वैकल्पिक उपाय अपनाउनुपर्ने सुझाव दिँदै सार्वजनिक यातायात व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।

‘हामीले सरकारलाई बारम्बार सवारी साधनलाई जोरबिजोर गरेर सञ्चालन गर्न सुझाएका छौँ ।’ खबरहबसँगको कुराकानीमा उनले भने, ‘यसबारे विभाग वा मन्त्रालय कसैको पनि चासो देखिएको छैन ।’

यद्यपि सरकारले निजी सवारीलाई निरुत्साहित गर्न र विद्युतीय सवारीलाई बढावा दिन नचाहेको उनको भनाइ छ ।

‘कर्मचारिले निरन्तर मूल्य बढाउने घोषणा गरिरहेका छन् केही दिनमै पेट्रोलमा पनि भारी वृद्धि हुँदैछ तर निजी सवारी कम सञ्चालन गर्ने, बिजुलीबाट चल्ने यातायातलाई बढावा दिनेतिर सरकार लागेको छैन,’ उनले भने ।

महासंघले भाडादर समायोजनको लागि पठाएकोमा समेत विभागले बेवास्ता गरेको उनको गुनासो छ । ग्यासबाट चल्ने निलो रङ्गो माइक्रो उपत्यकामा चल्न पातलिएको भन्दै उनले यातायातका समस्या अझै चुलिने उनले बताए ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ७ : ५१ बजे

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर