युद्ध सुरु भएयता इरानद्वारा इजरायलमाथि ४०० क्षेप्यास्त्र प्रहार, ९२ प्रतिशत क्षेप्यास्त्र आकाशमा नै नष्ट « Khabarhub

युद्ध सुरु भएयता इरानद्वारा इजरायलमाथि ४०० क्षेप्यास्त्र प्रहार, ९२ प्रतिशत क्षेप्यास्त्र आकाशमा नै नष्ट


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

तेहरान – इजरायली सेनाले आइतबार मध्यपूर्व युद्ध सुरु भएदेखि इरानले इजरायलमाथि ४०० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको र तीमध्ये ९२ प्रतिशत क्षेप्यास्त्र आकाशमा नै नस्ट गरिएको इजरायलले जनाएको छ ।

दक्षिणी इजरायलका दुई शहरमा इरानी क्षेप्यास्त्र आक्रमणनबाट कम्तीमा १७५ जना घाइते भएको भोलिपल्ट यो तथ्यांक सार्वजनिक गरिएको हो ।

‘इरानले ४०० भन्दा बढी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिसकेको छ । हामीसँग ठूलो अवरोध दरहरू छन्,’ इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल नदाभ शोशानीले पत्रकारहरूसँग भने ।

शनिबार आक्रमण भएका शहरहरू मध्ये एक डिमोना रहेको छ, जुन इजरायलको अघोषित परमाणु शस्त्रागार भएको विश्वास गरिन्छ।उक्त क्षेप्यास्त्रको प्रभाव शहरको आणविक केन्द्रबाट पाँच किलोमिटरको दूरीमा रहेको थियो ।

नजिकैको अर्को शहर अरादका धेरै भवनहरूमा ठूलो क्षति पुगेको छ । शनिबार प्रहार गरिएका क्षेप्यास्त्र ब्यालेस्टिक क्षेप्यास्त्रभन्दा फरक नभएको र युद्धका क्रममा अहिलेसम्म यस्ता चारवटा मात्र प्रहार भएको शोशानीले बताए ।

इजरायली सेनाले शनिबार हमला रोक्न नसकेको घटनाबारे अनुसन्धान गर्ने बताएको छ। ‘हामीले विगतमा धेरै आक्रमणलाई आकाशमा नै विफल बनाएका छौँ र भविष्यमा पनि यो दर कायम रहने छ,’ शोशनीले भने ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शनिबार ‘निकै कठिन साँझ’ भएको स्वीकार गर्दै साइरन बज्दा नागरिकलाई सुरक्षा केन्द्रमा जान आग्रह गरेका छन् ।

आइतवार उनले अरादको भ्रमण गरेका छन् । अरादबाट उनले शीर्ष इरानी अधिकारीहरूको खोजी जारी राख्ने प्रतिवद्धता गरे । इरानी आक्रमणमा तेल अभिभको व्यापारिक क्षेत्रमा आइतबार एक व्यक्ति घाइते भएका बताइएको छ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ८ : १६ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन