३० हजार किमि उड्ने चराको सङ्कट « Khabarhub

३० हजार किमि उड्ने चराको सङ्कट


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

रियो डी जेनेरियो – पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक वर्ष करिब ३० हजार किलोमिटर उडान भर्ने अद्भुत शोरबर्ड प्रजाति हड्सनियन गोडविट अहिले अस्तित्वकै सङ्कटमा पुगेको छ । जलवायु परिवर्तनदेखि मानव गतिविधिसम्मका कारण यसको सङ्ख्या चार दशकमा ९५ प्रतिशतले घटेको तथ्यले विश्व संरक्षण प्रयासमाथि गम्भीर प्रश्न खडा गरेको छ ।

आर्कटिकबाट दक्षिण अमेरिकाको पुछार प्याटागोनियासम्मको कठिन यात्रा गर्दै फेरि फर्किने यो चरालाई विश्वकै असाधारण यात्रु प्रजातिमध्ये एक मानिन्छ । तर बदलिँदो वातावरणीय अवस्थाले यसको बाँच्ने आधार नै कमजोर बन्दै गएको वैज्ञानिकहरू बताउँछन् ।

ब्राजिलमा सोमबारदेखि सुरु हुने आप्रवासी प्रजातिको संरक्षणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि (सिएमएस)को बैठकमा हड्सनियन गोडविटलाई अन्तर्राष्ट्रिय संरक्षण आवश्यक पर्ने ४२ प्रजातिको सूचीमा राखिएको छ । यस सूचीमा ह्यारी पोटरमा देखाइने हिउँ पर्ने उल्लू, धारीदार हाइना र ह्यामरहेड शार्कजस्ता अन्य जोखिममा रहेका जीवहरू पनि समावेश छन् ।

म्यासाचुसेट्स एम्हस्र्ट विश्वविद्यालयका पारिस्थितिकीविद् नाथन सेनरका अनुसार प्रवासी चराहरूले ‘छिटो र नाटकीय गिरावट’ को सामना गरिरहेका छन् । उनले विगत २० वर्षदेखि यस प्रजातिको अध्ययन गर्दै आउनुभएको छ ।

उनका अनुसार गोडविटले एकै पटकमा ११ हजार किलोमिटरसम्म बिना रोकटोक उड्न सक्छ, जहाँ उसले खान, पिउन वा आराम गर्नसमेत पाउँदैन ।तर यस्तो ‘महाकाव्य उडान’ सफल बनाउन यात्राको हरेक चरणमा पर्याप्त र भरपर्दो खाद्य स्रोत आवश्यक पर्छ । अहिले यही पूर्वानुमानयोग्यता बिग्रँदै गएको छ ।

आर्कटिक क्षेत्रमा वसन्तको समय परिवर्तन हुँदा बच्चा हुर्किने समय र कीराहरूको उपलब्धताबीच असन्तुलन देखिएको छ, जसले चराको जीवनचक्रमा असर पारेको छ । अझै किन गोडविटहरू अघिल्ला वर्षको तुलनामा ढिलो बसाइँ सर्ने थालेका छन् भन्ने रहस्य पनि वैज्ञानिकहरूका लागि चुनौती बनेको छ । सेनरका अनुसार या त उनीहरूले प्रयोग गर्ने प्राकृतिक सङ्केतमा परिवर्तन आएको छ, वा उनीहरूको तयारी प्रक्रियामा समस्या देखिएको छ ।

दक्षिणी चिलीमा सालमन र ओइस्टर खेती विस्तार हुँदा तटीय क्षेत्रहरूमा मानव गतिविधि बढेको छ, जसले चराले खाने स्थानहरूमा असर पारेको छ । उता अमेरिकामा खेती प्रणाली परिवर्तन हुँदा सिमसार क्षेत्र घट्दै गएका छन्, जसले गोडविटलाई आराम र आहारका लागि उपयुक्त स्थान खोज्न कठिन बनाएको छ ।

विशेषज्ञहरूका अनुसार यो समस्या केवल एक प्रजातिमा सीमित नभई धेरै प्रवासी प्रजातिहरूको साझा सङ्कटको प्रतिनिधि हो । ब्राजिलको वातावरणीय निकाय इबामाका प्रमुख रोड्रिगो अगोस्टिन्होले जलवायु परिवर्तनले ‘प्राकृतिक समयचक्रमा निर्भर प्रजातिहरूलाई गम्भीर असर’ पारिरहेको बताए ।

सिएमएस बैठकमा सहभागी देशहरूलाई जोखिममा रहेका प्रजातिहरूको संरक्षण, बासस्थान जोगाउने, आप्रवासनमा अवरोध हटाउने र अन्तरदेशीय सहकार्य बढाउने कानूनी दायित्व हुन्छ । तर हालैको प्रतिवेदनअनुसार सूचीबद्ध प्रजातिमध्ये ४९ प्रतिशतको सङ्ख्या अझै घटिरहेको छ, जुन दुई वर्षअघिको तुलनामा बढी हो ।

सिएमएसकी कार्यकारी सचिव एमी फ्रेन्केलका अनुसार विशेषगरी गोडविटजस्ता चराहरूको अवस्था झन् खराब हुँदै गएको छ । उनले माछा प्रजातिहरूको अवस्था अझ चिन्ताजनक रहेको उल्लेख गर्दै सूचीबद्ध ९७ प्रतिशत माछा लोप हुने जोखिममा रहेको बताए ।

उनका अनुसार प्रवासी प्रजातिहरू परागण, कीरा नियन्त्रण र पोषक तत्त्वको ओसारपसारमार्फत स्वस्थ पारिस्थितिक प्रणालीका लागि अत्यन्त आवश्यक छन् । यसैबीच, केही सकारात्मक सङ्केत पनि देखिएका छन् । मध्य एसियाको ब्याक्ट्रियन हिरणको सङ्ख्या बढेकाले यसलाई उच्च जोखिम सूचीबाट हटाउने प्रस्ताव बैठकमा प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ८ : ४५ बजे

नेता मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा

काठमाडौं– वामनेता विष्णुबहादुर मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा आएको छ । 

कम्बोडियाद्वारा थाइल्यान्डलाई वार्ता गर्न आग्रह

न्होम्पेन- लामो समयदेखि विवादित रहँदै आएको सीमाक्षेत्रमा पुनः तनाव बढिरहँदा

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल

दुईदिने बिदाले अस्पतालका सेवाग्राही मारमा; मन्त्रालय भन्छ- सेवा दिनुपर्छ, चिकित्सक भन्छन्- सकिँदैन

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको मूल्य र वैदेशिक मुद्रा