सबैलाई साथमा लिएर १५औँ महाधिवेशन सफल बनाउँने छाैँ : सभापति थापा « Khabarhub

सबैलाई साथमा लिएर १५औँ महाधिवेशन सफल बनाउँने छाैँ : सभापति थापा


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनलाई सफल बनाउन सबै पक्षलाई साथमा लिएर अघि बढ्ने बताएका छन् ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले महाधिवेशन सफल बनाउन पार्टीभित्रका सबै नेता तथा कार्यकर्तासँग निरन्तर संवाद भइरहेको जानकारी दिए ।

उनका अनुसार नेपाली कांग्रेस सङ्घीय संसद्मा प्रतिपक्षमा रहे पनि सातै प्रदेश र स्थानीय तहमा अग्रस्थानमा रहेकाले पार्टीको काँधमा थप जिम्मेवारी आएको छ। यसलाई ध्यानमा राख्दै सङ्गठनलाई थप सुदृढ बनाउँदै अघि बढ्ने उनको भनाइ थियो।

सभापति थापाले पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार वर्तमान सरकारप्रति मुलुकमा सुशासन कायम गर्न, संविधानको प्रभावकारी कार्यान्वयन गर्न तथा जनतासँग प्रत्यक्ष जोडिएका विषयमा आवश्यक सहयोग गरिने स्पष्ट पारे।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  १ : १३ बजे

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

इस्लामावाद- एक पाकिस्तानी अन्तरिक्ष यात्री चीनको ‘शेन्झोउ–२४’ अन्तरिक्ष यानको चालक

देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन : बाजागाजा र र्‍यालीसहित नेता–कार्यकर्ता सहभागी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको काठमाडौँ

राष्ट्रिय जुनियर टेनिसमा शाश्वत, आर्यश, निधय र स्वरालाई उपाधि

कास्की– पोखरामा आज सम्पन्न राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा शाश्वत बज्राचार्य,

न्यायालयमा भ्रष्टाचार र बिचौलियाको प्रभाव चिन्ताजनक : प्रस्तावित न्यायाधीश डाँगी

काठमाडौँ- सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीले न्यायालयमा भ्रष्टाचार

सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो 

काठमाडौँ – सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार