वैशाख १ देखि ९ गतेसम्म विपद्का १ सय ६३ घटना, १६ जनाको मृत्यु  « Khabarhub

वैशाख १ देखि ९ गतेसम्म विपद्का १ सय ६३ घटना, १६ जनाको मृत्यु 


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०८३ वैशाख १ गतेदेखि ९ गतेसम्म देशभर भएका विभिन्न विपद्जन्य घटनामा परी १६ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् । यस अवधिमा कुल २ सय ६३ वटा घटना घटेका छन् र ती घटनाबाट ५ सय ४ परिवार प्रभावित भएका छन् ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै १ सय ३७ वटा आगलागीका घटना भएका छन् ।

आगलागीमा परी ४ जनाको मृत्यु, २० जना घाइते तथा १ सय ६० परिवार प्रभावित भएका छन् । त्यस्तै, २७ वटा चट्याङका घटनामा ३ जनाको मृत्यु र ४ जना घाइते भएका छन् ।

हावाहुरीका २७ घटनामा ४ जनाको मृत्यु भएको छ । ती घटनामा परी ६ जना घाइते भएका छन् भने १ सय १३ परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ । उक्त अवधिमा सर्पदंशका १६ घटना हुँदा १ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

यसैगरी, पहिरोका ९ घटनामा १ जनाको मृत्यु र १ जना घाइते भएका छन् भने लेक लाग्ने घटनामा १ जनाको मृत्यु भएको छ। वन डढेलोका ५५ घटना भए पनि मानवीय क्षति नभएको तथ्यांकमा उल्लेख छ ।

अन्य घटनाहरूमा जनावर आक्रमण  बाढी , डुबान,  भारी वर्षा लगायतका विपद् समावेश छन् । तीमध्ये जनावरको आक्रमणबाट ११ परिवार प्रभावित भएका छन् भने बाढी र डुबानबाट पनि केही परिवार प्रभावित भएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  १ : ४४ बजे

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त