‘यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन’ « Khabarhub

‘यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन’


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनका विषयमा राजनीतिक दल र उम्मेदवारबाट अहिलेसम्म कुनै पनि गुनासो नआएको बताएका छन् । 

राष्ट्रिय समाचार समिति (रासस) द्वारा तयार पारिएको प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्बन्धी सम्प्रेषित समाचार सामग्रीसहितको प्रतिवेदन आज ग्रहण गर्दै उनले निर्वाचन सम्पन्न गर्न तदारुकता र इच्छाशक्तिसँगै समय र मौसमलगायत परिस्थितिले पनि साथ दिएको स्पष्ट पारे ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, ‘प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी दर्तादेखि मतगणनासम्मका सबै कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भयो । पुनः मतगणना, बदर र पुनः निर्वाचनको ‘सिकायत’ कहीँ कतै भएन ।’

निर्वाचनका सन्दर्भमा आयोग र राससबीच अत्यन्त नजिक रहेर सहकार्य भएको प्रसङ्ग उल्लेख गर्दै कावा प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, ‘नेपालको भरपर्दो समाचार सम्प्रेषण गर्ने व्यावसायिक संस्थाका रूपमा रासस रहेको छ ।’

राससले निर्वाचनको माहौल सिर्जना गर्न अहम् भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले राससबाट निर्वाचनका सन्दर्भमा भएको कार्यसम्पादनप्रति आयोग सन्तुष्ट रहेको बताए ।

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्नका लागि सञ्चारमाध्यमको पनि अहम भूमिका हुने भन्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, ‘पहिलेका निर्वाचन पनि हामीले देखे भोगेकै हौँ, चुनाव भन्यो कि शान्ति सुरक्षाको कुरा आइनै हाल्छ, तर यस पटक सबैतिरबाट यस्तो वातावरण बन्न सक्यो कि चुनावका लागि बन्दुक त के लौरो उठाउनुपर्ने अवस्था पनि आएन । यसका लागि निर्वाचन आयोग सबैप्रति कृतज्ञ छ ।’
 
राससका अध्यक्ष उदय राना मगरले निर्वाचनका सम्बन्धमा निर्वाचन आयोग र राससबीच भएको सम्झौता र समन्वय बमोजिम नै कार्य जिम्मेवारी पूरा गरिएको जानकारी गराउँदै समाचारका माध्यमबाट निर्वाचनको वातावरण तयार पार्ने काममा राससले सकारात्मक भूमिका निर्वाह गरेको बताए ।

महाप्रबन्धक सन्दीप राईले राज्यले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने कामलाई प्रमुख प्राथमिकता दिएकाले सोही गतिका साथ राससले पनि कार्यसम्पादन गरेको चर्चा गरे ।

सो अवसरमा निर्वाचन आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरा, आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई, राससका प्रबन्ध सम्पादक उत्तम सिल्वाल, निर्वाचन डेस्क प्रमुख तथा प्रमुख समाचारदाता एकराज पाठक, आलेख समाचार प्रमुख कृष्ण अधिकारी, प्रधानसम्पादक एवं प्रशासन प्रमुख शीतलप्रसाद महतो, लेखा प्रमुख रुद्रमणि अधिकारी, खोजी समाचार प्रमुख नारायणप्रसाद न्यौपानेलगायत उपस्थित थिए । रासस

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ३ : १२ बजे

गगन थापाले भने- पार्टी मिलाउन विधानको परिधिमा रहेर जे पनि गर्न तयार छु

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी मिलाउनका लागि विधानको

सहकारी बैंकको सञ्चालक : छ प्रदेशमा निर्विरोध, बागमतीमा निर्वाचन हुने

काठमाडौं– राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति र लेखा सुपरीवेक्षण

मदनको स्मृति दिवसकै दिन विद्यालाई शंकर र विष्णुको ढाडस

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कने भगीरथ प्रयत्नमा छिन्

युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन

काठमाडौं– युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा

चीनले अन्तरिक्ष यात्राका लागि नयाँ अभियान सुरु गर्दै

एजेन्सी– चीनले नयाँ मानवसहित अन्तरिक्ष अभियानका लागि अन्तरिक्षयान प्रक्षेपणको तयारी