नगरपालिकाद्वारा हाटबजार सञ्चालन « Khabarhub

नगरपालिकाद्वारा हाटबजार सञ्चालन


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज सामग्री सिधै उपभोक्तासमक्ष पुर्‍याउने उद्देश्यले आजदेखि कृषि हाटबजार केन्द्र सञ्चालनमा ल्याएको छ ।

पछिल्लो समय बजारमा देखिएका असन्तुलित मूल्य अवस्था र त्यसमार्फत विचौलिया हाबी भएको भन्दै नियन्त्रणका लागि हाटबजार सञ्चालनमा ल्याइएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

उनको अनुसार किसानले उत्पादन गरेका कृषिउपज सामग्रीसहित घरेलु तथा हस्तकलामार्फत उत्पादन गरेका सामग्री हाटबजारमा उचित मूल्यमा बिक्री गर्ने प्रबन्ध मिलाइ उपभोक्ताले ताजा र गुणस्तरीय सामग्री सहुलियत शुल्कमा पाउने व्यवस्थाको सुनिश्चित गरिएको छ ।

‘किसानले उत्पादन गरेका सामग्री बिक्री गर्न नगरले निःशुल्क स्थान उपलब्ध गराएकाले सहुलियत शुल्कमा उपभोक्तासमक्ष प्रत्यक्ष पुर्‍याउन सहज बन्नेछ,’ नगरप्रमुख श्रेष्ठले भने, ‘उपभोक्ताबाट गरिएको मागअनुसारर सञ्चालनमा ल्याइएको हाटबजारमा कृषि सामग्रीमा नदेखिने गरेर भइरहेको विचौलिया अन्त्य गर्न सकिने विश्वास छ ।’

किसानले उत्पादन गरेका सामग्री व्यवसायीमार्फत उपभोक्तामाझ पुऱ्याउँदा यसबीचमा हुने विभिन्न चरणका कारोबारले लगानी दोब्बर पुग्ने गरेको छ । किसानले लगानीअनुसार मूल्य नपाएको गुनासो र उपभोक्ताले लगानी गरेको महँगो शुल्कमा ताजा र गुणस्तरीय सामग्री नपाएको समस्याको प्रमुख कारण व्यवसायका नाममा देखिएका विचौलियाको गतिविधि रहेको नगरपालिकाको बुझाइ छ ।

सोही गुनासो र समस्यालाई मध्यनजर गर्दै नगरपालिकामार्फत गठित समितिले गरेको अध्ययन र दिएको सिफारिसका आधारमा हरेक आइतबार सेवा दिने गरेर हाट बजार केन्द्र सञ्चालनमा ल्याएको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

किसान र उपभोक्तालाई प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्यले नगरपालिकाले गत मङ्सिरदेखि वडा नं ९ कोलनीमा हाटबजार सञ्चालनमा ल्याइएको थियो । 

उक्त बजारको प्रभावकारिता र थप स्थानबाट आएको मागका आधारमा वडा नं ४ स्थित हावाघरमा हाटबजार केन्द्रको विस्तार गरिएको हाटबजार कार्यक्रम सञ्चालनका संयोजक श्रीकृष्ण रिजालले जानकारी दिए । 

उनको अनुसार हाटबजारमा किसान तथा उद्यमीको उत्पादित सामग्री बिक्रीका लागि निःशुल्क स्थान उपलब्ध, मूल्य निर्धारण, बिक्रीको सुनिश्चितता नगरपालिकाले गर्नेछ । 

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ४ : ४८ बजे

आजका समाचार : २६ दिनमै गृहमन्त्रीबाट सुधनको राजीनामा, बालेनलाई थप जिम्मेवारी, प्रचण्डले कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने र होर्मुज क्षेत्रमा फेरी आक्रमण

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाईराष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय