एमालेलाई अब मुख्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्छौँ : उपाध्यक्ष पौडेल « Khabarhub

एमालेलाई अब मुख्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्छौँ : उपाध्यक्ष पौडेल


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठित गर्दै राष्ट्रिय राजनीतिको मुख्य शक्तिका रूपमा एमालेलाई स्थापित गर्ने बताएका छन् ।

कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको कम्युनिष्ट आन्दोलनले आफ्नो इतिहासमै सबैभन्दा ठूलो धक्का हालैको निर्वाचनबाट बेहोर्नुपरेको उल्लेख गर्दै अब संगठन सुदृढीकरण र पुनर्गठन आवश्यक रहेको बताए ।

पार्टीभित्रका कुनै पनि प्रयासले आन्तरिक एकतालाई कमजोर बनाउन नसक्ने उनको भनाइ थियो।

त्यस्तै, एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ जीवन दिन जनताको विश्वास जित्नु अनिवार्य रहेको बताए। एमाले नेतृत्वको सरकारले गरेका सकारात्मक कामहरू जनतासम्म प्रभावकारी रूपमा पुर्‍याउन नसक्दा चुनावी पराजय भोग्नुपरेको उनको भनाइ छ।

उनले अब सत्तामुखी होइन, जनतामुखी भएर समाज परिवर्तनको नेतृत्व गर्ने दाबी समेत गरे।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ६ : १७ बजे

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा