भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह « Khabarhub

भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भ्रामक सूचना सम्प्रेषण नगर्न सबैमा आग्रह गरेको छ । पछिल्लो समय विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत आधारहीन, मिथ्या र भ्रामक सामग्री प्रकाशन तथा प्रसारण भइरहेको भन्दै मन्त्रालयले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

मन्त्रालयद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार यस्ता कपोलकल्पित सूचनाले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा गलत मनोविज्ञान फैलाउने काम गरिरहेका छन् । 

यसले सूचना प्रणालीप्रतिको विश्वास कमजोर बनाउने र सामाजिक सन्तुलनमा नकारात्मक असर पार्ने जोखिम रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

भ्रामक सूचना सम्प्रेषण गर्ने कार्यलाई अत्यन्त गम्भीरतापूर्वक लिएको जनाउँदै मन्त्रालयले त्यस्ता गतिविधि नियन्त्रणका लागि कडा कदम चालिने स्पष्ट पारेको छ । 

मन्त्रालयले सबै सञ्चारमाध्यम, सूचना प्रदायक संस्था तथा व्यक्तिलाई आधिकारिक निकायबाट पुष्टि नभएका समाचार तथा सूचना हचुवाका आधारमा प्रकाशन वा प्रसारण नगर्न सचेत गराएको छ । 

मन्त्रालयले यदि आधारहीन, मिथ्या र भ्रामक समाचार प्रकाशन वा प्रसारण भएको पाइएमा त्यस्ता सामग्री प्रकाशन गर्ने व्यक्ति वा संस्थालाई पहिचान गरी प्रचलित कानूनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ ।

त्यसैगरी, मन्त्रालयले भ्रामक सूचना फैलाउन सहयोग पुग्ने कुनै पनि क्रियाकलापमा संलग्न नहुन सर्वसाधारणलाई पनि आग्रह गरेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई कुनै पनि सामग्री आफ्नो व्यक्तिगत खातामार्फत साझा गर्नुअघि त्यसको आधिकारिकता र सत्यता अनिवार्य रूपमा जाँच गर्न अपिलसमेत गरिएको छ ।

मन्त्रालयले यस्ता भ्रामक सूचना वा समाचारबारे जानकारी भएमा वा गुनासो भएमा मन्त्रालयको आधिकारिक वेबसाइटमा रहेको ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ पोर्टलमार्फत विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । साथै, आवश्यक परे फोन वा इमेलमार्फत पनि सम्पर्क गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ६ : ५० बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने