कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान « Khabarhub

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय हितको रक्षा गर्ने एक उपकरण भएको र इरानको हितसँग मेल खाने अवस्था आएपछि मात्र यसको अनुसरण गरिने बताएका छन् ।

उनले मध्यस्थताको प्रयासका लागि पाकिस्तानलाई धन्यवाद दिए र भने, इरानको कार्य अमेरिका र इजरायली सैन्य आक्रमणको सामना गर्न आत्मरक्षामा गरिएको थियो।

इरानले आफ्नो राष्ट्रिय हित र सुरक्षाका लागि आवश्यक कदम चाल्दै युद्धक्षेत्र र राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको उनले बताए। 

वक्तव्यमा भनिएको छ, ‘इरानले आफ्नो वैधानिक अधिकारको रक्षा गर्नेछ, आक्रमणका लागि कानुनी जवाफदेही बनाउनेछ र युद्धमा भएको क्षतिको क्षतिपूर्तिको माग गर्नेछ।’

फार्स समाचार एजेन्सीका अनुसार बघाईले अगाडि भने, ‘इरानी व्यापारिक जहाजहरूमा आक्रमण र तिनीहरूलाई जफत गर्नुले गम्भीर रूपमा कूटनीतिमा संलग्न देशको व्यवहारलाई प्रतिबिम्बित गर्दैन।’

इरानले दोस्रो चरणको वार्तामा भाग लिने घोषणा नगरेको र इस्लामावादमा वार्ता गर्ने कुनै पनि निर्णय यसले राष्ट्रिय हितको सेवा गर्छ कि गर्दैन भन्नेमा निर्भर गर्ने उनले बताए। 

युद्धरत पक्षहरूबीच ४० दिनको लडाईपछि अप्रिल ८ युद्धविराम लागू भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामको अवधि थप गर्ने बताएका छन् । 

पाकिस्तानले तेहरान र वासिङ्टनबीच अप्रत्यक्ष वार्तामा मध्यस्थता गरेको छ, जसको पहिलो चरणको आयोजना अप्रिल ११–१२ मा इस्लामाबादमा भएको थियो ।

इज्ञरानको तस्निम न्यूज एजेन्सीले संयुक्तराज्य अमेरिकासँग बुधबार पाकिस्तानमा हुने दोस्रो चरणको वार्तामा सहभागी तेहरानको निर्णय ‘निश्चित’ भएको जनाएको छ । 
 

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ७ : ३१ बजे

डा. डीआर उपाध्यायको ‘अन्तस्करण’ लोकार्पण

काठमाडौं – नेपाली साहित्य, संगीत तथा बहुआयामिक सिर्जनाका अथक साधक

झापामा सिटी सफारी चोरीमा संलग्न गिरोह पक्राउ

झापा – सिटी सफारी चोरीमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ

रुसमा गरिएको युक्रेनी ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु

मस्को – मस्को र वरपरको क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा

करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

गुजरात – पश्चिम एसियामा जारी भीषण युद्ध र बढ्दो तनावका

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापा – झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना