रेडियो नेपाल र नेपाल टेलिभिजनको अध्यक्षका लागि खुलेको दरखास्त रद्ध « Khabarhub

रेडियो नेपाल र नेपाल टेलिभिजनको अध्यक्षका लागि खुलेको दरखास्त रद्ध


८ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सार्वजनिक सेवा प्रशारण संस्था (रेडियो नेपाल र नेपाल टेलिभिजन)मा अध्यक्ष पदका लागि आह्वान गरेको दरखास्त सरकारले एक दिनमै रद्ध गरेको छ ।

बिहीबार दरखास्त आह्वान गरेको सरकारले शुक्रबार रद्ध भएको सूचना निकालेको हो ।

सार्वजनिक सेवा प्रसारण संस्थामा प्रतिस्पर्धात्मक प्रणालीबाट अध्यक्ष पदको पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक र योग्य व्यक्तिले आजदेखि जेठ १८ गते कार्यालय समयभित्र दरखास्त पेस गर्न भनिएको थियो ।

शुक्रबार दरखास्त रद्ध भएको सूचना प्रकाशित भएको हो । सरकारले सार्वजनिक सूचनामार्फत गोरखापत्र संस्थानमा महाप्रबन्धक तथा प्रेस काउन्सिल अध्यक्षका लागि खोलेको दरखास्त भने रद्ध गरेको छैन ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  ७ : ३४ बजे

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम