नेपाललाई टेक हबको रूपमा अगाडि बढाइने गरी सरकारले काम गरिरहेको छ : सञ्चारमन्त्री « Khabarhub

नेपाललाई टेक हबको रूपमा अगाडि बढाइने गरी सरकारले काम गरिरहेको छ : सञ्चारमन्त्री


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाललाई टेक हबको रूपमा अघि बढाइने गरी सरकारले काम गरिरहेको बताएका छन् । 

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा मन्त्री तिमिल्सिनाले डिजिटल पार्क, उच्च क्षमताका डाटा सेन्टर र सार्वजनिक डिजिटल पूर्वाधार विकास गरी नेपाललाई टेक हबको रूपमा अघि बढाइने गरी सरकारले काम गरिरहेको बताएका हुन् । 

उनले गैरआवासीय नेपाली र डायस्पोराको सूचना प्रविधि क्षेत्रमा लगानी आकर्षित गर्न सरकारले सहजीकरण गर्ने बताए  ।

सञ्चारमन्त्री तिमिल्सिनाले दुर्गमदेखि सहरी क्षेत्रसम्म भरपर्दो, गुणस्तरीय र पहुँचयोग्य दूरसञ्चार सेवा विस्तार गर्नु सरकारको प्राथमिकता रहेको बताए । उनले उनले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सरकारको कुनै मनसाय नरहेको उल्लेख गरे । 

बैठकमा समिति सदस्यहरूले सूचना प्रविधि क्षेत्रका लागि पर्याप्त नदेखिएको र कानुन संशोधन आवश्यक रहेको धारणा राखेका थिए ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ६ : ४२ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार