‘ग्रे लिस्ट’बाट निस्किन सकेन नेपाल, एफएटीएफले भन्यो : सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रभावकारी भएन « Khabarhub

‘ग्रे लिस्ट’बाट निस्किन सकेन नेपाल, एफएटीएफले भन्यो : सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रभावकारी भएन


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फाइनान्सियल एक्सन टाक्स फोर्स (एफटीएफ)ले नेपाललाई ‘ग्रे लिस्ट’बाट हटाउन अस्वीकार गरेको छ । जुन १९ मा पेरिसमा बसेको बैठकले नेपाललाई ग्रे लिस्टमा यथावत राखेको हो ।

नेपालले गत फेब्रुअरीमा नेपालले ग्रे लिस्टबाट बाहिर निस्कन उच्चस्तरीय राजनीतिक प्रतिबद्धता जनाएको स्मरण गराउँदै त्यसमा कुनै सुधार नभएको निष्कर्ष निकालेको छ।

उसले आफ्ना रणनीतिक कमजोरीलाई सम्बोधन गर्न एफएटीएफ कार्ययोजना नेपालले कार्यान्वयन गर्नुपर्ने भन्दै नेपाललाई ग्रे लिस्टबाट हटाउन अस्वीकार गरेको हो ।

एफएटीएफले विभिन्न ७ वटा कार्ययोजना कार्यान्वयन गर्नुपर्ने जनाएको छ । जसमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापको बुझाइमा सुधार गर्नुपर्ने, वाणिज्य बैंकहरू, उच्च–जोखिम सहकारीहरू, क्यासिनोहरू, घर जग्गा क्षेत्रको जोखिम–आधारित पर्यवेक्षण सुधार गर्ने, वित्तीय समावेशीकरणमा बाधा नपुर्याई भौतिक रूपमा महत्त्वपूर्ण अवैध हुन्डी प्रदायकहरूको पहिचान र स्वीकृति प्रदर्शन गर्ने काम गर्नुपर्ने छन् ।

त्यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान सञ्चालन गर्न सक्षम अधिकारीहरूको क्षमता र समन्वय बढाउने, सम्पत्ति शुद्धीकरण अनुसन्धान र अभियोजनमा वृद्धि प्रदर्शन गर्ने शर्त पनि छन्।

अर्काेतिर जोखिम प्रोफाइल अनुरूप अपराधको आम्दानी र साधनहरू पहिचान गर्न, पत्ता लगाउन, रोक्न, जफत गर्न र लागू भएमा जफत गर्ने उपायहरू प्रदर्शन गर्ने कार्ययोजना नेपालले कार्यान्वयन गर्नुपर्ने एफएटीएफलले औँल्याएको छ ।

वालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार बनेपछि सम्पत्ति शुद्धीकरणसहितका गम्भीर मुद्दामा छानबिन र अनुसन्धान प्रभावकारी बनाउने बताएको थियो । तर नयाँ सरकार आएपछि पनि सुधारको गुञ्जायस नदेखिएको भन्दै नेपाललाई एफएटीएफले ग्रे लिस्टमै राखेको हो ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १२ : ०३ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्