रास्वपाको बन्द सत्र स्थगित, भोलि बिहान मात्रै सुरू हुने « Khabarhub

रास्वपाको बन्द सत्र स्थगित, भोलि बिहान मात्रै सुरू हुने


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि छनोट विवादका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन कार्यतालिका प्रभावित भएको छ । 

महाधिवेशन प्रतिनिधिको नामावली सच्याउनका लागि समय लागेका कारण सोमबारबार लागि तय भएको बन्द सत्र स्थगित गरिएको छ ।

बन्दसत्र मंगलबार बिहान सुरु हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । बन्दसत्र प्रभावित हुँदा निर्वाचन कार्यतालिका समेत प्रभावित भएको छ ।

बन्दसत्र रोकिएसँगै रास्वपाको महाधिवेशन एक दिन लम्बिने देखिएको छ ।  रास्वपाको महाधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्ने छ ।

महाधिवेशनको सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार उद्घाटन गरेका थिए । 

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ६ : ०७ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको