झारखण्डका समुदायको आफ्नै फुटबल ‘विश्वकप’: विजेतालाई ‘खसी’ ट्रफी « Khabarhub

झारखण्डका समुदायको आफ्नै फुटबल ‘विश्वकप’: विजेतालाई ‘खसी’ ट्रफी


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एकातिर विश्वभर फिफा विश्वकपको रौनक छ, अर्कोतिर भारतको एक दुर्गम आदिवासी गाउँले भने फुटबलको यस माहोललाई आफ्नै मौलिक र परम्परागत शैलीमा मनाएको छ । पूर्वी भारतीय राज्य झारखण्डको आदिवासी बहुल पश्चिम सिङ्भूम जिल्लास्थित तिरिलबासा गाउँका बासिन्दाले असार ३० देखि साउन १ सम्म विशेष फुटबल प्रतियोगिता आयोजना गरेका हुन् ।

विश्वकपको मेसोमा आयोजित ‘रङ्गीला स्टार तिरिलबासा’ नामक उक्त प्रतियोगितामा वरपरका ६४ गाउँका टोलीले भाग लिएका थिए । प्रतियोगितामा आकर्षणको मुख्य केन्द्र नगद पुरस्कारका साथै उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई ट्रफीका रूपमा वितरण गरिने खसीको बथान बनेको थियो ।

फाइनल भिडन्तमा एनसीएस मौडीले कुम्बरामलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि चुम्यो । विजेता एनसीएस मौडीले १५ हजार भारतीय रुपैयाँ र तीन वटा खसी पुरस्कार प्राप्त गर्‍यो । उपविजेता कुम्बरामले १२ हजार रुपैयाँ र दुई वटा खसी तथा तेस्रो र चौथो स्थान हासिल गर्ने कोब्रा एफसी र गालुबासा एफसीले क्रमशः ९ हजार रुपैयाँसहित एक-एक वटा खसी हात पारे ।

आफ्नो पहिलो जितको खुसीयाली उनीहरुले गाउँलेसँग ‘खसी भोज’ मनाएको विजेता टोलीका कप्तान सचिन देवमले बताए ।

यस क्षेत्रमा बसोबास गर्ने ‘हो’ आदिवासी समुदायको संस्कृतिमा खसीको विशेष महत्त्व रहेको छ । धार्मिक पूजाआजा, बलि र पारिवारिक जमघटमा खसी अनिवार्य मानिन्छ । “खसी हाम्रो संस्कृतिको अभिन्न अङ्ग हो । यहाँ मासुबिनाको उत्सव अधुरो हुन्छ,” आयोजक तथा खेलाडी मनिष कुडाडाले भने, “विजेताले नगद पुरस्कार आफैँ राख्छन् भने खसीको माध्यमबाट सम्पूर्ण गाउँलेले जितको खुसी मनाउन पाउँछन् ।”

राज्य फुटबल सङ्घबाट मान्यता प्राप्त रेफ्री र कमेन्टेटर राखिने यस प्रतियोगितामा नियम भने स्थानीय आवश्यकताअनुसार परिमार्जन गरिएका छन् । ११ जनाको साटो ९ जना खेलाडी खेल्ने यस खेलमा कम्तीमा ६ जना खेलाडी एउटै गाउँको हुनुपर्ने कडा नियम छ । अफसाइडको नियम नहुने भएकाले खेलाडीहरूले मैदानको जुनसुकै भागबाट पनि गोल गर्न पाउँछन् ।

वर्षायामको खेतीपातीपछि घर फर्किएका युवालाई जोड्न र भ्रातृत्व बढाउन यो प्रतियोगिता महत्त्वपूर्ण मानिन्छ । स्थानीय ‘मुन्डा-मानकी’ स्वायत्त शासन प्रणालीअन्तर्गत सञ्चालित यो खेल हेर्न वरपरका गाउँबाट सयौँ मानिस झुम्मिने गर्छन् । खेलको साथसाथै स्थानीय मदिरा, खानपिन र मनोरञ्जनात्मक खेलले सम्पूर्ण गाउँलाई नै उत्सवमय बनाउने गर्छ ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ११ : ४० बजे

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ