सांघाई एआई सम्मेलन : टेबल टेनिस खेल्नेदेखि चिया बनाउनेसम्म रोबोट आकर्षणको केन्द्र « Khabarhub

सांघाई एआई सम्मेलन : टेबल टेनिस खेल्नेदेखि चिया बनाउनेसम्म रोबोट आकर्षणको केन्द्र


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सांघाई– चीनको पूर्वी सहर सांघाईमा २०२६ विश्व कृत्रिम बुद्धिमत्ता (एआई) सम्मेलन तथा विश्वव्यापी एआई सुशासनसम्बन्धी उच्चस्तरीय बैठक सुरु भएको छ। 

शुक्रबारदेखि सोमबारसम्म सञ्चालन हुने सम्मेलनमा नवीनतम एआई प्रविधि, स्मार्ट उपकरण, संस्कृति तथा मनोरञ्जनमा आधारित एआई अनुभव र अत्याधुनिक उत्पादनहरू प्रदर्शन गरिएका छन् ।

यस वर्षको सम्मेलनमा विशेषगरी ह्युमनोइड (मानवजस्ता) रोबोट र एआईद्वारा सञ्चालित अत्यधिक दक्ष कृत्रिम हात मुख्य आकर्षण बनेका छन् ।

सम्मेलनमा औद्योगिक उत्पादनदेखि दैनिक जीवनसम्म प्रयोग गर्न सकिने विभिन्न प्रकारका बुद्धिमान रोबोट प्रदर्शन गरिएका छन् । 

टेबल टेनिस खेल्ने, फुटबल खेल्ने, बेलुनबाट खेलौना बनाउने, सामान छुट्याउने, परम्परागत चिनियाँ चिया बनाउने कला प्रस्तुत गर्ने र आगन्तुकसँग प्रत्यक्ष संवाद गर्न सक्ने रोबोटहरूले दर्शकको ध्यान तानेका छन् ।

त्यस्तै, ‘सिया लान’ नामक मानवजस्तो रोबोटले वास्तविक मानिससरह छाला, आँखा झिम्क्याउने क्षमता र न्यानो तथा सहज आवाजका कारण विशेष आकर्षण बटुलेको छ । 

युनिट्री कम्पनीको जीडी-१० रोबोट र आगन्तुकलाई स्वागत तथा अन्तर्वार्ता दिने रोबोट स्वयंसेवक पनि प्रदर्शनीका प्रमुख आकर्षणमध्ये छन्।

सम्मेलनका क्रममा चीनमा विकसित साथी रोबोट, साना सेवा रोबोट तथा मनोरञ्जनात्मक रोबोटहरूको पनि प्रदर्शन गरिएको छ।

चीनले यस वर्ष एक लाखभन्दा बढी ह्युमनोइड रोबोट उत्पादन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ। 

यसले एआई र रोबोटिक्स क्षेत्रमा चीनको तीव्र प्रगति तथा औद्योगिक उत्पादन र दैनिक जीवनमा बुद्धिमान प्रविधिको बढ्दो प्रयोगलाई प्रतिबिम्बित गरेको छ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  १२ : १५ बजे

‘संस्थापन इतरका नेताको अभिव्यक्तिमा तर्क र विवेकको कमी महसुस भयो’

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संस्थापन इतर

कोशीमा ७४ प्रतिशत धान रोपाइँ

विराटनगर– कोशी प्रदेशमा यही साउन ४ गतेसम्ममा कूल ७३ दशमलव

दमकमा तीन सवारी एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु

भद्रपुर– झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट