कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण « Khabarhub

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण


७ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बागमती– साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले अघिल्लो आर्थिक वर्षमा कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण गरेको छ ।
    
वितरणका लागि कार्यालयमा कूल २० हजार ६९ बोरा युरिया मल प्राप्त भएकोमा १७ हजार ४७७ बोरा वितरण भई आवको अन्त्यमा दुई हजार ६७५ बोरा मौज्दात बाँकी रहेको कार्यालय प्रमुख मधुसुदन अधिकारीले जानकारी दिए।

त्यस्तै कार्यालयमा अघिल्लो आवमा २१ हजार ४३५ बोरा डिएपी मल प्राप्त भएकोमा शतप्रतिशत नै वितरण भएको उनले बताए।
    
कृषि मलअन्तर्गत पोटास तीन हजार १०४ बोरा प्राप्त भएकोमा दुई हजार ९९० बोरा वितरण भई आवको अन्त्यमा ११४ बोरा मौज्दात बाँकी रहेको उहाँले जानकारी दिए । उनका अनुसार वितरण गरिने मल प्रत्येक बोरामा ५० किलोग्राम रहेको हुन्छ ।
    
जिल्लामा कृषि मल वितरणको जिम्मा कृषि सामग्री कम्पनी लि र साल्ट ट्रेडिङ कर्पोरेशनलाई हुने गरेकोमा कूल वितरण हुने मल मध्ये ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेशनले वितरण गर्दै आएको उनले बताए।
    
मकवानपुरमा सबै मौसममा विभिन्न खेतीहरू लगाइने भएकाले कृषि मलको माग बढ्दो क्रममा रहेको उनको भनाइ छ । उनका अनुसार कार्यालयमार्फत वितरण हुने मल विभिन्न ८९ वटा कृषि सहकारी एवं संस्थामार्फत किसानसँग पुग्ने गरेको छ । 
 

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  १२ : ४२ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा