नाइजेरियामा बन्दुकधारीको शृङ्खलाबद्ध आक्रमण, २३ जनाको मृत्यु « Khabarhub

नाइजेरियामा बन्दुकधारीको शृङ्खलाबद्ध आक्रमण, २३ जनाको मृत्यु


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गुसाउ – उत्तरपश्चिमी नाइजेरियाको जामफरा राज्यका विभिन्न गाउँमा बुधबार सशस्त्र बन्दुकधारी समूहले गरेको शृङ्खलाबद्ध आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार अधिकांश मृतक खेतमा काम गरिरहेका किसान हुन्।

पछिल्लो घटनाले वर्षौंदेखि यस क्षेत्रमा सक्रिय आपराधिक सशस्त्र गिरोहका कारण उत्पन्न असुरक्षालाई पुनः उजागर गरेको छ।

तलाटा माफारा स्थानीय सरकारी क्षेत्रअन्तर्गत सौना जिल्लाका काउन्सिलर नसिरु लौवालीका अनुसार स्थानीय समयअनुसार अपराह्‍न करिब ३ बजे बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा २१ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

सौना जिल्लाका सचिव अल्हाजी सेहु गर्बाले पाँच गाउँलाई लक्षित गरी गरिएको आक्रमणमा मृतकको संख्या २३ पुगेको पुष्टि गर्नुभयो। उहाँका अनुसार अधिकांश पीडित खेतमा काम गरिरहेका किसान थिए।

आक्रमणमा घाइते भएका तीन जनालाई प्रारम्भमा तलाटा माफारा जनरल अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उनीहरूको अवस्था गम्भीर भएपछि थप उपचारका लागि छिमेकी सोकोटो राज्यस्थित शिक्षण अस्पतालमा रेफर गरिएको गर्बाले जानकारी दिए।

घटनाबारे प्रतिक्रिया माग्दा नाइजेरियाली प्रहरीले तत्काल कुनै टिप्पणी गरेको छैन।

उत्तरपश्चिम र मध्य नाइजेरियामा लामो समयदेखि सक्रिय ‘डाकु’ नामले चिनिने सशस्त्र आपराधिक गिरोहले गाउँमा आक्रमण गर्ने, गाईवस्तु लुट्ने, सर्वसाधारणलाई फिरौतीका लागि अपहरण गर्ने तथा सामूहिक हत्या गर्ने जस्ता हिंसात्मक गतिविधि गर्दै आएका छन्। यस्ता घटनाले ती क्षेत्रमा सुरक्षा चुनौती झन् गम्भीर बन्दै गएको छ।

नाइजेरियाली सुरक्षा निकाय अहिले उत्तरपूर्वमा जारी जिहादी विद्रोह, अन्य क्षेत्रमा देखिएका पृथकतावादी गतिविधि तथा उत्तरपश्चिम र मध्य क्षेत्रका आपराधिक गिरोहविरुद्ध एकैसाथ अभियान सञ्चालन गरिरहेका छन्।

यद्यपि ती गिरोहहरू मुख्यतः आर्थिक लाभका लागि सक्रिय रहेको मानिए पनि केही समूह र जिहादी उग्रवादीबीच सम्बन्ध विस्तार भइरहेको हुन सक्ने चिन्ता सुरक्षा विश्लेषक तथा सरकारी अधिकारीहरूले व्यक्त गर्दै आएका छन्।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  १ : २२ बजे

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ

भरतपुर- विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने दुईजना मानिस

जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो

कार्टुन : लाशमाथि डलर खेती !

काठमाडौं– बुधबार रसुवागढीस्थित भोटेकोसीमा आएको भीषण बाढीपछि देश यतिबेला शोकमग्न