टेकुको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने « Khabarhub

टेकुको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण केन्द्रलाई मंसिरभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिएको छ ।

महानगरका अनुसार केन्द्रको निर्माण कार्य अन्तिम चरणतर्फ अघि बढिरहेको छ। निर्माण सम्पन्न भएपछि मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सञ्चालनमा आएपछि काठमाडौंको फोहोर व्यवस्थापनलाई थप आधुनिक, व्यवस्थित र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ ।

हाल अधिकांश स्थानमा खुला रूपमा फोहोर छुट्याउने तथा सङ्कलन गर्ने अभ्यास रहेकाले त्यसबाट दुर्गन्ध, प्रदूषण र स्वास्थ्यसम्बन्धी जोखिम बढ्दै गएको छ। यही अवस्थालाई सुधार गर्न टेकुमा आधुनिक प्रविधियुक्त फोहोर स्थानान्तरण केन्द्र निर्माण भइरहेको हो ।

यस केन्द्रमा यान्त्रिक प्रणालीमार्फत फोहोरको वर्गीकरण गरिनेछ। केन्द्रभित्र मेटेरियल रिकभरी फेसिलिटी रहनेछ, जहाँ जैविक र अजैविक फोहोर छुट्याइने व्यवस्था हुनेछ । 

अजैविक फोहोर पुनः प्रयोग (रिसाइकल) का लागि पठाइनेछ भने जैविक फोहोर बञ्चरेडाँडा व्यवस्थापन केन्द्रमा पठाइने योजना छ । साथै, जैविक फोहोरलाई कम्पोष्ट मल उत्पादनमा उपयोग गर्ने सम्भावनालाई समेत अगाडि बढाइँदै छ ।

महानगरको अनुसार यो केन्द्र सञ्चालनमा आएपछि बञ्चरेडाँडा पुग्ने फोहोरको परिमाणसमेत घट्नेछ । फोहोरलाई स्रोतमै वर्गीकरण र पुनः प्रयोगमा जोड दिँदा अन्तिम विसर्जनका लागि लैजानुपर्ने फोहोरको मात्रा कम हुने अपेक्षा गरिएको छ ।

महानगरले केन्द्र सञ्चालनमा आएपछि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी, सुरक्षित र दीर्घकालीन बनाउने लक्ष्य राखेको जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ४ : ४४ बजे

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ

भरतपुर- विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने दुईजना मानिस

जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो

कार्टुन : लाशमाथि डलर खेती !

काठमाडौं– बुधबार रसुवागढीस्थित भोटेकोसीमा आएको भीषण बाढीपछि देश यतिबेला शोकमग्न