‘नेपालको राजनीतिबाट तर्क र विवेक हरायो, संसद् नै अहंकार र गाली गर्ने थलो बन्यो’ « Khabarhub

‘नेपालको राजनीतिबाट तर्क र विवेक हरायो, संसद् नै अहंकार र गाली गर्ने थलो बन्यो’


७ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिमा तर्क र विवेक हराउँदै गएको बताएका छन्।

त्यसको परिणामस्वरूप संसद्देखि सडकसम्मको राजनीति गालीगलौज र अहंकारमा परिणत भएको टिप्पणी आङ्देम्बेले गरेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा कार्यक्रममा बिहीबार काठमाडौंमा बोल्दै उनले पार्टीको समाजवादी दर्शन सत्ता प्राप्तिको लालसामा ओझेलमा परेको बताए।

‘बीपी कोइरालाले ५० वर्षअघि राष्ट्रियताको रक्षा र प्रजातन्त्र एकअर्काका पूरक हुन् भन्नुभएको थियो। त्यो मेलमिलापको नीति थियो,’ उनले भने, ‘तर कांग्रेसको समाजवादी दर्शन सत्ता प्राप्तिको लालसाले थिचियो, किचियो र मिचियो।’

उनले कांग्रेसले सुरू गरेको नयाँ अभियान केवल पुरानै अभियानको निरन्तरता हो वा नयाँ संकल्पसहितको नयाँ यात्रा हो भन्नेबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए। ‘यो मशाललाई अघि बढाउन सकेनौँ भने यसले हामीलाई कतै पनि पुर्‍याउँदैन,’ उनले भने।

आङ्देम्बेले बुधबार पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले आयोजना गरेको कार्यक्रममा सभापति गगन थापामाथि भएका सार्वजनिक टिप्पणीप्रति पनि असन्तुष्टि जनाए।

‘४४औँ बीपी स्मृति दिवसका अवसरमा धेरै डबली देख्यौँ। धेरै विचार सुन्यौँ। कतिपय वरिष्ठ नेताका कुरा सुन्दा तर्क र विवेक हराउँदै गएको महसुस भयो,’ उनले भने, ‘विवेक हराएपछि त्यो अहंकारमा परिणत हुँदो रहेछ, तर्क हराएपछि गालीमा परिणत हुँदो रहेछ। यही हाम्रो कांग्रेसको यथार्थ हो।’

उनले अहिले संसद्को काम-कारबाहीमाथि पनि प्रश्न उठाउँदै संसद्मा तर्क, विवेक र विधिभन्दा मनपरी प्रवृत्ति हाबी भएको आरोप लगाए।

‘संसद्मा न तर्क छ, न विवेक छ। जे मन लाग्यो त्यही भइरहेको छ। उल्टो बाटो हिँड्ने काम भइरहेको छ। समस्या परेपछि मात्रै सच्याउने प्रयास गरिन्छ,’ उनले भने।

राजनीतिलाई सेवाभन्दा व्यवसायका रूपमा हेर्ने प्रवृत्तिले कांग्रेस कमजोर बनेको उनको भनाइ थियो।

‘राजनीतिलाई नाफा–घाटाको हिसाबले हेर्दा कांग्रेस बिग्रियो। आफ्नो वरिपरि घुम्ने मानिसलाई मात्रै फाइदा दिने प्रवृत्ति हिजोको नेतृत्वमा देखियो,’ उनले भने।

आङ्देम्बेले अबको राजनीतिलाई गरिब, किसान र श्रमजीवीको दृष्टिकोणबाट अघि बढाउनुपर्नेमा जोड दिए।

‘विवेक र तर्क हराएको बेला इमान, निष्ठा र अनुशासनको खोजी गर्ने काम यो नयाँ अभियानले गर्नुपर्छ,’ उनले भने, ‘आज हामी सचिन्छौँ भन्ने संकल्प गरौँ। नेपाली कांग्रेसको नेतृत्वमा मुलुकले काँचुली फेर्नेछ भन्ने मेरो दृढ विश्वास छ।’

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  ३ : ४४ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा