ओलीको आरोप- वर्तमान सरकार राणाभन्दा कठोर देखियो, आफैँलाई चुनेको संसद् पनि छल्यो « Khabarhub

ओलीको आरोप- वर्तमान सरकार राणाभन्दा कठोर देखियो, आफैँलाई चुनेको संसद् पनि छल्यो


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार राणा शासनकालभन्दा पनि कठोर देखिएको बताएका छन्  ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकारले सर्वसाधारण र प्रदर्शनकारीमाथि बर्बरतापूर्ण दमन गरेको भन्दै सरकार पञ्चायत वा राणा शासनकालभन्दा पनि कठोर देखिएको बताएका छन् ।

उनले आफैँलाई निर्वाचित गरेको संसद् पनि छल्ने, त्यसलाई पनि नमान्ने क्रियाकलाप संविधान विपरीत रहेको बताए । ओलीले अहिले सरकारले संविधान मिचेकाले संविधान संशोधन भन्दा पहिले संविधानको रक्षा गर्न गर्नुपर्नेमा जोड दिए । यसका लागि लोकतान्त्रिक, प्रगतिवादी र वामपन्थी दलहरू आन्तरिक रूपमा एकताबद्ध हुन आवश्यक रहेको उनको भनाइ छ ।

उनले अहिलेको अवस्थामा कांग्रेसलाई पनि आफ्नो अस्तित्व कायम राख्दै लोकतन्त्रका लागि एकताबद्ध भएर अघि बढ्न सुझाव दिए।

अध्यक्ष ओलीले प्रदेश सरकारमा देखिएको अन्योल छिटै हट्ने भन्दै प्रदेश र स्थानीय सरकार सहज रुपमा चल्ने बताए ।  

कार्यक्रममा नेकपाका नेता नारायणकाजी श्रेष्ठले नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिकता, राष्ट्रिय अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितमाथि गम्भीर कुठाराघातको खतरा पैदा भएको उल्लेख गरे । अहिलेको अवस्थामा देशभक्त शक्ति, कम्युनिष्ट र वामपन्थीहरूबीच एकता र सहकार्य हुनुपर्ने बताए । 

त्यस्तै अन्य सहभागीहरूले लोकतन्त्र र संविधानको रक्षाका लागि राजनीतिक दलहरुबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका थिए । 

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ६ : ०० बजे

पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने

काठमाडौं – नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली

युक्त राज्य अमेरिकाद्वारा साउदी अरबसँग गैर–सैनिक आणविक सम्झौताको घोषणा

रियाद – संयुक्त राज्य अमेरिका र साउदी अरबले बुधबार साउदी

शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत पाटनको आदेश

काठमाडौं- उच्च अदालत पाटनले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पुर्पक्षका

अमेरिका–साउदीबीच गैरसैनिक आणविक सम्झौता घोषणा

एजेन्सी– संयुक्त राज्य अमेरिका र साउदी अरबले साउदीमा गैरसैनिक आणविक