कांग्रेसमा सबैलाई मिलाएर लैजानुपर्छ : सभापति थापा « Khabarhub

कांग्रेसमा सबैलाई मिलाएर लैजानुपर्छ : सभापति थापा


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका नेता–कार्यकर्ता सँगसँगै रहेकाले सबैलाई समेटेर अघि बढ्नु आफ्नो जिम्मेवारी भएको बताएका छन्।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ४४औँ बिपी स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले वर्तमान राष्ट्रिय परिस्थितिअनुसार नयाँ सोच र चिन्तनलाई आत्मसात् गर्दै पार्टी अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

पार्टीभित्र र बाहिर सरकार र निर्वाचनमा मात्र केन्द्रित हुने प्रवृत्ति बढेको उल्लेख गर्दै सभापति थापाले बिपी कोइरालाको आदर्श, त्याग र सेवाभावबाट प्रेरणा लिएर निर्वाचन र राजनीतिसँगै सामाजिक सेवा तथा जनकल्याणका काममा सक्रिय हुन नेता–कार्यकर्तालाई आग्रह गरे।

उनले भने,’रिलबाट निस्केर रियल लाइफमा हेर्नुस्, अनि मात्र सर्वसाधारण जनताका आवाज सुनिन्छन्। दुःखमा कांग्रेसले साथ दिन्छ भन्ने सन्देश दिने गरी काममा लाग्नुस्।’

सभापति थापाले कांग्रेस प्रदेश र स्थानीय तहमा सरकारमा रहे पनि सङ्घीय सरकारमा प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै जनजिविकासँग सम्बन्धित विषयमा आफ्ना क्षेत्रबाट सक्रिय भएर काम गर्न नेता–कार्यकर्तालाई आग्रह गरे।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ६ : ०९ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्