डाक्टर भन्छन्- लामो समय मोबाइलमा कुरा गर्दा सुन्ने क्षमता कमजोर हुन्छ, कानबाट टाढा राख्नू « Khabarhub

डाक्टर भन्छन्- लामो समय मोबाइलमा कुरा गर्दा सुन्ने क्षमता कमजोर हुन्छ, कानबाट टाढा राख्नू


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण क्षमता कमजोर हुने गरेको पाइएको छ । 

अहिले दैनिक करिब १५० देखि २०० हाराहारीमा भेरी अस्पतालमा विभिन्न प्रकारका कानको समस्या लिएर बिरामी आउन थालेको भेरी अस्पताल, नेपालगञ्जका नाक, कान, घाँटी एवं टाउको रोगका विभागीय प्रमुख दिनेशकुमार चौधरीले जानकारी दिए ।

उनका अनुसार मोबाइलमा लामो समय कुरा हुँदा त्यसको असर कानको जालीमा पर्ने भएकाले श्रवण शक्ति कमजोर हुनुका साथै कान पाक्नेलगायत समस्या देखिन्छ । 

डा चौधरीले भने, ‘लामो समय कुरा गर्नका लागि मोबाइललाई कानभन्दा टाढा राखेर गर्नुपर्छ, नत्र त्यसले ठूलो समस्या निम्त्याउन सक्छ ।’

डा चौधरीले गर्मी मौसममा चिसो पेय पदार्थको अधिक प्रयोगले पनि कान, नाक घाँटीको नली अवरोध गर्ने बताए । 

उनका अनुसार पछिल्लो समय नाक, कान र घाँटीमा एलर्जीका ठूला समस्या भएका बिरामी उपचारका लागि आइरहेका छन् । उनले चिसोको अधिक प्रयोग नगर्न सुझाव दिए ।
 
‘जुन बिरामीको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, त्यही बिरामीलाई चिसोले बढी सताउँछ र त्यस्तो बिरामीले हाच्छिउँ गर्दा नाक र कानलाई दबाब पर्छ त्यसले पनि नाक कान रोगका बिरामी बढ्न सक्छन्,’ उनले भने । 

डा चौधरीले सामाजिक तथा आर्थिक रूपले पछाडि पारिएका समुदाय सबैभन्दा बढी प्रभावित उल्लेख गरे । नाक र कानका लागि वातावरणीय प्रदूषणसँगै चिसो पेय पदार्थको सेवनले देखिने एलर्जीका बिरामी पनि अस्पतालमा आउने गरेको बताए ।
 
त्यस्तैगरी लामो समयदेखि कान दुख्ने, पाक्ने, कानमा फोहर जम्नेलगायत समस्या भएका बिरामीका लागि बाँकेको खजुरा गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क कान स्वास्थ्य शिविर उपयोगी देखिएको छ ।

उपचारका लागि अस्पताल पुग्न नसकेका विपन्न समुदायका स्थानीयका लागि खजुरा गाउँपालिकाको शानिबार आयोजनामा सञ्चालन गरिएको शिविरमा गाउँका विभिन्न क्षेत्रबाट आएका ५३२ जनाको कान परीक्षण गरिएको छ ।  

परीक्षणका क्रममा ७५ जनामा कान पाक्ने, ६१ जनामा कानेगुजी जम्ने, ३३ जनामा कानमा ढुसी देखिने र १८ जनामा कानमा मेसिन लगाउने समस्या पाइएको स्वास्थ्यकर्मी भीषण थारुले जानकारी दिए । 

उनका अनुसार थप उपचार तथा शल्यक्रियाको आवश्यकता देखिएका २८ जनालाई उपचारका लागि अस्पतालमा पठाइएको स्वास्थ्यकर्मी थारुले बताए ।
  
कानमा समस्या देखिए पनि सामान्य ठानेर लामो समयसम्म उपचार नगर्ने प्रवृत्तिका कारण कतिपय अवस्थामा समस्या जटिल बन्ने गरेको स्वास्थ्यकर्मीहरू बताउनहुन्छ  । 

शिविरमा आएका सेवाग्राहीको कान परीक्षण तथा स्वास्थ्य परामर्शमा स्वास्थ्यकर्मी भीषण थारु, तीर्थमान थारु, दामोदर चौधरी र सीताकुमारी चौधरीलगायत रहेका छन् । 

सो शिविरमा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, नेपालगञ्जले प्राविधिक सहयोग गरेको थियो । खजुरा गाउँपालिकाले स्थानीयस्तरमै विशेषज्ञ तथा प्राविधिक सेवाको पहुँच पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरेको जनाएको छ ।  

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  १ : ३६ बजे

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा