नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित « Khabarhub

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । 

अध्यक्ष पदमा चिरञ्जीवी ओली फराकिलो मतसहित विजयी भएका छन् । आज सार्वजनिक भएको मतपरिणामअनुसार ओली एक हजार ३८६ मतसहित विजयी भएका हुन् । 

अध्यक्ष पदका प्रतिद्वन्द्वी ध्रुवप्रसाद दाहालले ३७४ मत प्राप्त गरे । यसअघि ओली सङ्घमा वरिष्ठ उपाध्यक्ष थिए । 

महिला उपाध्यक्षमा रूपा ओझा एक हजार १६६ मतसहित विजयी भइन् । उनको निकटतम प्रतिद्वन्द्वी उमा ग्राण्डनले ५०३ मत प्राप्त गरिन् ।

निर्वाचनको अन्तिम नतिजाअनुसार महासचिव पदमा विष्णु श्रेष्ठ एक हजार २८७ मतसहित विजयी हुँदा सोही पदका अर्का उम्मेदवार दीपेन्द्रकुमार जोशीले ४०८ मत प्राप्त गरे । 

उपमहासचिव पदमा प्रदीप आचार्य विजयी भएका छन् । उनले ८६४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी शिवप्रसाद दाहालले ८४२ मत प्राप्त गरे । 

त्यसैगरी कोषाध्यक्ष पदमा टीकामणि उपाध्याय ९१७ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी सूर्य श्रेष्ठले ५९८ र नारायण प्रसाईंले १८३ मत प्राप्त गरेका गरे । 

दश जना कार्यसमिति सदस्य पदका लागि भएको निर्वाचनमा सन्तोषकुमार पौडेल, तोपबहादुर थापा नन्दराम जैसी शरदराज अधिकारी, नगेन्द्र शाही, आदित्य गुप्ता, जाहाँगिर मुसलमान, शरदप्रसाद रिजाल, सुरजबहादुर भण्डारी र अतुलकुमार गुप्ता विजयी भएका छन् । 

निर्वाचनमा यसअघि नै उपाध्यक्षद्वय उद्योगतर्फ कमलकुमार कार्की र वाणिज्यतर्फ विष्णुप्रसाद श्रेष्ठ निर्विरोध भएका थिए ।
 

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  २ : १२ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार