अमेरिकासँग मिलेर सरकारविरोधी प्रदर्शन गरेको आरोपमा एक जनालाई इरानमा मृत्युदण्ड « Khabarhub

अमेरिकासँग मिलेर सरकारविरोधी प्रदर्शन गरेको आरोपमा एक जनालाई इरानमा मृत्युदण्ड


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले अमेरिकासँगै इजरायलको पक्षमा काम गरेको आरोप लागेका एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ।

यसै वर्ष जनवरीमा भएको सरकारविरोधी प्रदर्शनका क्रममा चेनसा बोकेको आरोपमा पक्राउ परेका माजिद अदिनेहलाई मृत्युदण्ड दिइएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।

इरानी न्यायपालिकाका अनुसार अदिनेहलाई देशव्यापी रूपमा भएको प्रदर्शनमा ‘शत्रुतापूर्ण समूहको पक्षमा अपरेसनल गतिविधि’ गरेको अभियोगमा दोषी ठहर गरिएको थियो।

न्यायपालिकाको वेबसाइट मिजान अनलाइनका अनुसार उनीमाथि ‘जानाजानी आगजनी, देशको आन्तरिक सुरक्षाविरुद्ध अपराध गर्ने उद्देश्यले जमघट र षड्यन्त्र’ गरेको आरोप लगाइएको थियो।

‘मुद्दामा रहेका थुप्रै कागजात र प्रमाण तथा अभियुक्तको बयानका आधारमा कराज क्रान्तिकारी अदालतले उनलाई मृत्युदण्ड र सम्पूर्ण सम्पत्ति जफत गर्ने फैसला गरेको थियो,’ न्यायपालिकाले जनाएको छ।

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  २ : २० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु