अमेरिकासँग मिलेर सरकारविरोधी प्रदर्शन गरेको आरोपमा एक जनालाई इरानमा मृत्युदण्ड « Khabarhub

अमेरिकासँग मिलेर सरकारविरोधी प्रदर्शन गरेको आरोपमा एक जनालाई इरानमा मृत्युदण्ड


७ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले अमेरिकासँगै इजरायलको पक्षमा काम गरेको आरोप लागेका एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ।

यसै वर्ष जनवरीमा भएको सरकारविरोधी प्रदर्शनका क्रममा चेनसा बोकेको आरोपमा पक्राउ परेका माजिद अदिनेहलाई मृत्युदण्ड दिइएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।

इरानी न्यायपालिकाका अनुसार अदिनेहलाई देशव्यापी रूपमा भएको प्रदर्शनमा ‘शत्रुतापूर्ण समूहको पक्षमा अपरेसनल गतिविधि’ गरेको अभियोगमा दोषी ठहर गरिएको थियो।

न्यायपालिकाको वेबसाइट मिजान अनलाइनका अनुसार उनीमाथि ‘जानाजानी आगजनी, देशको आन्तरिक सुरक्षाविरुद्ध अपराध गर्ने उद्देश्यले जमघट र षड्यन्त्र’ गरेको आरोप लगाइएको थियो।

‘मुद्दामा रहेका थुप्रै कागजात र प्रमाण तथा अभियुक्तको बयानका आधारमा कराज क्रान्तिकारी अदालतले उनलाई मृत्युदण्ड र सम्पूर्ण सम्पत्ति जफत गर्ने फैसला गरेको थियो,’ न्यायपालिकाले जनाएको छ।

प्रकाशित मिति : ७ भदौ २०८३, आइतबार  २ : २० बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म