सामाजिक सञ्जालमा बिवाइडी चालकका गुनासै गुनासो « Khabarhub

सामाजिक सञ्जालमा बिवाइडी चालकका गुनासै गुनासो


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिवाइडीका चालक तथा उपभोक्ताले सामाजिक सञ्जालमा विभिन्न ढंगले गुनासो गरेका छन् । गाडीमा भएको प्राविधिक सुविधा, मर्मत र सामग्रीको उपलब्धताको विषयलाई लिएर फेसबुक, ट्वीटर, रेडिट लगायतका सञ्जालमा चालक तथा उपभोक्ताले गुनासो गरेका हुन् ।

एकजना आर/नेपाल नामका उपभोक्ताले रेडिटमा बिवाडीमा आधिकारिक पाटपुर्जा प्राप्त गरेर मर्मत गर्ने विषय निकै जटिल रहेको गुनासो गरेका छन् । उनले पोखरादेखि काठमाडौंसम्म आउँदा पनि कम्पनीको आधिकारिक पाटपुर्जा प्राप्त गर्न कठिनाइ भएको बताएका छन् ।

‘यदि नेपालमा सबैभन्दा धेरै बिक्री हुने इभी को अवस्था यो हो भने अन्य इभी ब्राण्डहरूको अवस्था कस्तो छ ?’, उनले प्रश्न गरेका छन् ।

त्यस्तै, अर्का एकजना शाह अमृत नामका व्यक्तिले बिवाइडी पोखरा पेजको कमेन्ट सेक्सनमा अत्यन्तै सुस्त सेवा भएको र स्पेयर पाटर्सको लागि निकै लामो समय प्रतिक्षा गर्नुपर्ने अवस्था रहेको गुनासो गरेका छन् ।

साइमेक्सकै पेजमा सुवोध भन्ने एकजना व्यक्तिले ब्याट्री घटेको भन्दै गलत निर्णय भएको प्रतिक्रिया दिएका छन् ।

बिवाइडी साइमेक्सकै पेजमा गएर सुमन लामा नामका व्यक्तिले ‘फियर अफ डिसल्भिङ’ भनेर चिन्ता व्यक्त गरेका छन् । सोही पोस्टमा अर्का नोर्वु छिरिङ नामका व्यक्तिले युस भिगोको मूल्यका कारण धेरै बुकिङ रद्द भएको बताएका छन् ।

दीपेश मास्केले बिवाइडीको आपूर्ति र सेवा खराब हुँदै गएको तर, एउटा ग्राहकको रूपमा आफू दुखी भएको उल्लेख गरेका छन् ।

सरकारले विद्युतीय गाडीमा कर नबढाएपनि बिवाइडीको मूल्य बढी भएको भन्दै धेरै व्यक्तिले सामाजिक सञ्जालमा गुनासो गरेका छन् । साइमेक्सकै फेसबुक पेजमा कमेन्ट गर्दै भविश्वर पोखरेल र दीपक सापकोटाले मूल्य नघटेमा बजार अरुले खाने प्रतिक्रिया दिएको देख्न सकिन्छ ।

साइमेक्सकै पेजमा प्रिन्स दीपकले अन्य ब्राण्डहरूले ५० लाखभन्दा कम मूल्यका सवारी साधनको मूल्य घटाइरहेको बेला बिवाइडीले बढाएको भन्दै अर्थमन्त्रीले ५० लाखभन्दा कम मूल्यका सवारी साधनको कर घट्ने बताएकोमा बिवाइडी अट्टो–२ को हकमा उल्टो भएको प्रतिक्रिया दिएका छन् ।

अरु धेरै व्यक्तिले पनि मूल्यको विषयमा सरकारको नीतिसँग उल्टो भएको भन्दै गुनासो गरेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  २ : ५६ बजे

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र