जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ « Khabarhub

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान ‘सट गन’ सहित प्रहरीले झापाको दमकबाट आज एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६ घर भई हाल दमक नगरपालिका–२ रतुवा पुल नजिक अक्ष इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका २० वर्षीय सुमन कर्ण रहेका छन् ।

प्रहरी नायब उपरीक्षक अवाका अनुसार गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा लुटिएको सट गन दमक नगरपालिका–४ त्रिवेणी चोकस्थित खैरबारीमा लुकाएर राखिएको भन्ने गोप्य सूचना प्रहरीले प्राप्त गरेको थियो । 

उक्त सूचनाका आधारमा प्रहरीले कर्णलाई नियन्त्रणमा लिएर उनले बताएको स्थानमा खोजतलास गरेको थियो । 

सो क्रममा प्रहरीको ‘मिक’ कम्बलमा पोका पारी लुकाएर राखिएको अवस्थामा एक थान सट गन फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक अवाले सट गन कहाँबाट लुटिएको हो र आन्दोलनका क्रममा हतियार कसरी कर्णको हातमा पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । 

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  ५ : १७ बजे

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल