मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु « Khabarhub

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति घाइते भएका छन् । 

मृत्यु हुनेमा साइकलयात्री त्रियुगा नगरपालिका–१० का ६० वर्षीय सन्तबहादुर राई रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिए । 

सूचना अधिकारी बमका अनुसार सगरमाथा राजमार्गमा गाईघाटबाट करमगाछीतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४ प ०७७५ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा साइकललाई ठक्कर दिएको थियो ।

घाइते साइकलयात्री राईलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक सिरहाको नरहा गाउँपालिका–३ घर भई हाल त्रियुगा नगरपालिका–१२ बस्ने १९ वर्षीय मोहवद सविर राईन घाइते भएका छन् । 

उनलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  ७ : ३४ बजे

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल