काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले नौ बजेबाट सुरु हुदैछ । बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी छ ।
पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार हिजोसम्म १ सय १८ जना केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनमाथि धारणा राखिसकेका छन् भने आज बाँकी सदस्यले धारणा राख्ने छन् ।
केन्द्रीय सदस्यलाई बोल्नका लागि तीन मिनेटको समय उपलब्ध गराइएको छ । बैठकमा विभिन्न नौ वटा एजेण्डामा माथि बहस भइरहेको छ ।
आचार्यका अनुसार आज अबरेसम्ममा सबै केन्द्रीय सदस्यले धारणा राखिसकेपछि भोलि पार्टी सचिवालयको बैठक बस्ने तयारी छ । सचिवालय बैठकले केही मह्त्वपूर्ण निर्णय गर्ने र उक्त निर्णयहरु अनुमोदनका लागि पुन केन्द्रीय समितीमा प्रस्तुत गरिने आचार्यले बताए । पार्टीभित्र मतभेदका बीच सुरु भएको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा अधिकांस सदस्यले समर्थन जनाएका छन् ।
एमालेको जारी बैठकले केन्द्रीय सदस्य मनोनय, पोलिटब्यूरो र स्थायी कमिटी गठन गर्ने एजेण्डा पनि छन् ।
















प्रतिक्रिया