एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित « Khabarhub

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना भ्लोन र अरहन्त सिंहको नेपाली जोडी पहिलो चरणबाटै बाहिरिएको छ ।

नागोयास्थित किन्जो फुतो एरिनामा आज भएको खेलमा नेपाली जोडी पाकिस्तानका आसिम खान र मेहविश अलीसँग २–० को सोझो सेटमा पराजित भएको हो ।

पहिलो सेटमा नेपाल ६–११ ले पछि परेको थियो । सात मिनेट चलेको पहिलो सेटमा पाकिस्तानी जोडीले सुरुआतदेखि नै अग्रता कायम राख्यो । दोस्रो सेटमा भने नेपाली जोडीले प्रतिस्पर्धात्मक खेल देखाए पनि १० मिनेटको खेलपछि पाकिस्तानले ११–१० ले सेट आफ्नो पक्षमा पार्यो ।

दुई सेटमा पराजित भएसँगै विपना र अरहन्तको मिश्रित डबल्सतर्फको एसियाली खेलकुद यात्रा टुङ्गिएको छ । नेपालले जारी एसियाली खेलकुदमा बुधबारसम्म पदक जित्न सकेको छैन ।

मिक्स्ड डबल्समा रुबिन–इभानाको चुनौती समाप्त
एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको मिक्स्ड डबल्समा नेपालका रुबिन महर्जन र इभाना थापाको जोडी दोस्रो चरणबाट बाहिरिएको छ । टोयोटास्थित स्काइ हलमा आज भएको खेलमा नेपाली जोडी हङकङका यिउ क्वान टो र एनजी विङ लामसँग ३–० ले पराजित भयो । हङ्कङका खेलाडीले तीनै सेट आफ्नो पक्षमा पार्दै नेपाली जोडीको चुनौती समाप्त गरे ।

इभानाले आजै महिला सिङ्गल्सतर्फ पनि प्रतिस्पर्धा गर्दैछिन् । यस्तै, इभाना र नविता श्रेष्ठको जोडीले महिला डबल्समा बिहीबार प्रतिस्पर्धा गर्ने खेलतालिका छ ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  १० : ०९ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी