वसन्तपुरमा देवी नाच प्रदर्शन (तस्बिरहरू) « Khabarhub

वसन्तपुरमा देवी नाच प्रदर्शन (तस्बिरहरू)


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकाको प्रसिद्ध सांस्कृतिक पर्व येँया (इन्द्रजात्रा)को विधिवत सुरुवातको अवसरमा हनुमानढोका दरबार क्षेत्रस्थित वसन्तपुरमा देवप्याखँ (देवी नाच) प्रदर्शन गरिएको छ ।

इन्द्रजात्राको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वादशीको बिहान ३६ हात लामो काठको लिङ्गो (योसिं) उठाउने क्रममा परम्परागत नेवारी देवी नाच प्रस्तुत गरिएको हो । सहभागी कलाकारले विभिन्न देवीदेवता र दैत्यको मुकुन्डो लगाएका थिए ।

धिमे र भुस्या बाजाको ऊर्जावान् तालमा गुञ्जिएको उक्त नाच हेर्न स्थानीय र विदेशी पर्यटकको भीड लागेको थियो । जात्राको मुख्य आकर्षण मानिने यो ऐतिहासिक नाच वसन्तपुरस्थित शिव–पार्वती मन्दिरको प्राङ्गणमा प्रदर्शन गरिएको हो ।

जात्रा सुरु हुनुभन्दा एक दिनअगाडि नै हनुमानढोका र मरु टोल आसपासमा इन्द्रजात्राको माहोलले सर्वसाधारणको भीड बढेको छ ।

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  १२ : ०६ बजे

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई