फोहोरमैला व्यवस्थापन विधेयक प्रतिनिधिसभामा पेश « Khabarhub

फोहोरमैला व्यवस्थापन विधेयक प्रतिनिधिसभामा पेश


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फोहोरमैला व्यवस्थापन विधेयक प्रतिनिधिसभामा पेश भएको छ ।  

बुधबार बसेको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले उक्त विधेयक प्रस्तुत गरेका हुन् । मन्त्री लम्सालले फोहोरमैला उत्सर्जन, सङ्कलन, विसर्जन तथा समग्र व्यवस्थापनमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको भूमिका एवं जिम्मेवारी स्पष्ट पार्ने तथा यी निकायहरूबीच प्रभावकारी समन्वय कायम गर्न सक्ने गरी विधेयक तर्जुमा गरिएको बताए  ।

फोहोरमैलाको समुचित र प्रभावकारी व्यवस्थापनमार्फत स्वच्छ तथा स्वस्थ वातावरण कायम गर्दै मानव स्वास्थ्य र वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्ने उदेश्यका साथ विधेयक ल्याइएको उनले बताए ।

साथै उनले चक्रीय अर्थतन्त्रको अवधारणा अनुरूप फोहोरमैलालाई प्रशोधन गरी पुनः स्रोत वा कच्चा सामग्रीका रूपमा उपयोग गर्ने कानुनी व्यवस्था मिलाउने सरकारको उद्देश्य रहेको उल्लेख गरे । 

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  १२ : ४८ बजे

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई