फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको कारबाही « Khabarhub

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको कारबाही


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष हालसम्म फेसबुक र इन्स्टाग्राममा ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट, पेज तथा अन्य सामग्रीमाथि कारबाही गरेको जनाएको छ ।

मेटाका अनुसार पछिल्लो दुई वर्षदेखि सिंगापुर प्रहरी बल (एसपीएफ) र मेटाबीच ठगी नियन्त्रणका लागि सूचना आदान–प्रदान तथा सहकार्य हुँदै आएको छ । यही सहकार्यका क्रममा मेटाका अनुसन्धानकर्ताले ठगीमा संलग्न समूह र उनीहरूले सञ्चालन गरेका विभिन्न नेटवर्क पहिचान गरी कारबाही गर्न सहयोग पुगेको कम्पनीले जनाएको छ ।

मेटाका अनुसार जनवरीदेखि जुनसम्म फेसबुक र इन्स्टाग्राममा ठगी तथा जालसाजीसँग सम्बन्धित एक लाख १३ हजारभन्दा बढी अकाउन्ट, पेज तथा अन्य इकाइ हटाइएको थियो । जुन महिनामा मात्रै विद्यालय बिदाको समयमा सस्तो यात्रा प्याकेज खोज्ने परिवारलाई लक्षित गरी ठगी गर्ने प्रयासमा संलग्न समूहसँग सम्बन्धित ३३ हजार ६०० भन्दा बढी अकाउन्ट तथा पेजमाथि कारबाही गरिएको थियो ।

त्यसैगरी, जुलाईमा मेटाले ठगीसँग सम्बन्धित ३६ लाखभन्दा बढी अकाउन्ट तथा पेजमाथि कारबाही गरेको जनाएको छ । तीमध्ये अधिकांश ‘शेल पेज’ अर्थात् हाल सामग्री नराखिएका वा सक्रिय रूपमा प्रयोगमा नरहेका पेज थिए । भविष्यमा यस्ता पेज अपराधीले खरिद वा कब्जा गरी ठगीका गतिविधिमा प्रयोग गर्न सक्ने भएकाले कारबाही गरिएको मेटाले जनाएको छ । यद्यपि, कम्पनीले गत वर्षको तुलनात्मक तथ्यांक भने सार्वजनिक गरेको छैन ।

ठगी गर्ने समूहले विभिन्न देश र डिजिटल प्लेटफर्ममा एकैपटक गतिविधि सञ्चालन गर्ने भएकाले समस्याको सम्पूर्ण तस्वीर कुनै एउटै संस्थासँग नहुने मेटाले जनाएको छ ।

मेटाका एसिया–प्रशान्त क्षेत्रका कानुन कार्यान्वयनसम्बन्धी निर्देशक ड्यारिल पुनले सिंगापुर प्रहरीसँगको सहकार्यले मेटाले आफ्नै स्रोतबाट पहिचान गर्न नसक्ने जोखिम र गतिविधिबारे जानकारी प्राप्त गर्न सहयोग पुगेको बताए।

प्राप्त सूचनाका आधारमा ठगी गर्ने नेटवर्कमाथि ठूलो स्तरमा कारबाही गर्न सकिएकाले ती समूहले धेरै मानिससम्म पुग्नुअघि नै उनीहरूको गतिविधि रोक्न मद्दत पुगेको उनले बताए।

मेटाको दक्षिणपूर्वी एसियाका सार्वजनिक नीति निर्देशक क्लारा कोहले ठगी गर्ने समूहहरू अहिले औद्योगिक स्तरमा सञ्चालन भइरहेको बताए। उनका अनुसार त्यस्ता समूहले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी ठूलो संख्यामा नक्कली प्रोफाइल निर्माण गर्नुका साथै नक्कली तस्बिर तथा अन्य सामग्री तयार गर्ने र हानिकारक कोडसमेत उत्पादन गर्ने गरेका छन् ।

मेटाले आफ्ना प्लेटफर्ममा सुरक्षा प्रणाली थप मजबुत बनाउँदै प्रयोगकर्ताले देख्नुअघि नै ठगीसम्बन्धी सामग्री पहिचान गरी हटाउने प्रयासलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  १ : २१ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको