ब्राउन सुगरसहित दुई जना पक्राउ « Khabarhub

ब्राउन सुगरसहित दुई जना पक्राउ


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– नेपाल प्रहरीले लागूऔषध १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिग्राम अफिमजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।

लागूऔषध कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको टोलीले आज सो ब्राउन सुगरसहित उनीहरूलाई कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरेको नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

वीरगन्ज महानगरपालिका–१५ स्थित सडकमा बिआर ०५ बिएल १६८० नम्बरको मोटरसाइकलमा सवार दुई जना अपरिचित व्यक्ति शंकास्पद रूपमा बसपार्कतर्फ जाँदै गरेको अवस्थामा जाँच गर्दा उनीहरूको साथबाट उक्त परिमाणका ब्राउन सुगर पदार्थ फेलापरेको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा स्थानीय छिपहरमाई गाउँपालिका–२ का रेयाज आलम र जगरनाथपुर गाउँपालिका–६  सन्तोषप्रसाद पटेल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका  पटेलको घरमा खानतलासी गर्दा कालो प्लाष्टिकमा लुकाइराखेको लागूऔषध अफिम ११ ग्राम ५९ मिलीग्रामसमेत बरामद भएको थियो ।
 

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  १ : ४४ बजे

दसैंमा नआउने भयो ‘बाटुलो जून’ : भाइटीकाको भोलिपल्टदेखि हलमा

काठमाडौं– अभिनेता अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको

जलवायु संकटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु संकटको

‘न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधु कुमार चौलागाइँले

विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको चुरोट

ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगन्ज– नेपाल प्रहरीले लागूऔषध १५४ ग्राम ब्राउन सुगर र ११