सेनासँग एमालेको सम्बन्धदेखि कम्युनिस्ट एकतासम्मको कुरा उठाए विष्णु रिजालले « Khabarhub

सेनासँग एमालेको सम्बन्धदेखि कम्युनिस्ट एकतासम्मको कुरा उठाए विष्णु रिजालले


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो भन्ने कुरा स्पष्ट पार्न माग गरेका छन् । पार्टी केन्द्रीय कमिटी बैठकमा बुधबार धारणा राख्दै रिजालले यस्तो माग गरेका हुन् ।

रिजालले नेपाली सेनाप्रति एमालेको दृष्टिकोण के हो भन्ने प्रश्न गर्दै पार्टीको निशाना सेना नै हो जस्तो गरी संसद्मा बारम्बार प्रष्तुत हुनुले थप संशय पैदा गरेको बताएका छन् ।

‘अध्यक्ष कमरेड स्वयम्ले भन्नुभएको छ- पाँच मिनेट ढिलो भएको भए लागू पदार्थ खुवाएर ल्याएकाहरूले मलाई बालुवाटारमै मार्ने थिए । राधिका शाक्य म्याडमको पनि अस्ति त्यस्तै धारणा आएको छ । भदौ २३-२४ मा सेनाको भूमिकाबारे कैयौँ अनुत्तरित प्रश्न छन्’, रिजालले भने, ‘सेनाले हाम्रो नेतृत्वको सुरक्षा र सहजीकरण गरेको छ । एमालेको आजको मुख्य निशाना सेना नै हो जस्तो गरेर संसद्मा बारम्बार प्रस्तुत हुँदा पार्टीकै दृष्टिकोण त्यही हो कि भन्ने भएको छ । राज्यको स्थायी संरचनासँग टकराव बढाएको छ । यसबारे पार्टीले स्पष्ट पार्नुपर्छ ।’

रिजालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनप्रति समर्थन गर्दै उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको थप व्याख्याबाट मुख्य नेताहरूबीचको अविश्वासको बादल पनि हटेको बताए ।

‘अध्यक्ष कमरेडको प्रतिवेदनले आफ्ना कमजोरी केलाएको छ । अध्यक्ष स्वयम्ले निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिएर अब के गरेर जार्नुपर्छ भन्ने मार्गचित्र प्रस्तुत गर्नुभएको छ ’ रिजालले भने ‘यसमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको व्याख्याबाट पार्टीका मुख्य नेताहरूबीचमा अविश्वासको बादल बिलाएर गएको छ । म समर्थन गर्दछु । ’

रिजालले वमपन्थी एकताका लागि तत्काल पहल लिन पनि पार्टीलाई सुझाव दिएका छन् । एमालेको नीति र नेतृत्वमा वामपन्थी एकता भए पुन कम्यूनिष्ट आन्दोलन जागृत हुन सक्ने उनले बताए ।

‘समग्र कम्युनिस्ट आन्दोलनको पुनर्गठनका लागि गम्भीरतापूर्वक बहस हुनुपर्छ । आजकै नारा, सिद्धान्त, रणनीति, कार्यनीति, कार्यशैली र सरकारदेखि सरकारसम्मको गोलचक्करप्रति नयाँ पुस्ता कत्ति पनि आकर्षित छैन ,’ रिजालले भने, ‘सापेक्षतामा हेरेर हिजो मदन भण्डारीले अनेक आरोप खेपेर चालेजस्तै साहसिक कदम आवश्यक छ । यसले फेरि एक कालखण्डका लागि हामीलाई पुनर्जीवन दिनेछ ।’

रिजालले पार्टीको प्रचारलाई प्रभावकारी बनाउन फिजिकल होइन, डिजिटल संयन्त्र बनाउनु पर्ने बताएका छन् । उनले पार्टी केन्द्रमा अलग्गै डिजिटल विभाग बनाएर २४ सै घण्टा नयाँ माध्यमबाट प्रचार गर्नुपर्ने बताए ।

पार्टीमा नयाँ पुस्ताको आकर्षण जरुरी रहेको रिजालले बताएका छन् । पार्टीप्रति घटेको नयाँ पुस्ताको आकर्षणबारे चिन्ता गर्दै रिजालले भने ‘पार्टीको पूर्णकालीन सदस्य हुने कतै मेरो पुस्ता नै अन्तिम हुने त होइन ? यस विषयमा गम्भीर हुन पार्टीका सबै तप्कालाई आग्रह गर्दछु । ’

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ३ : ३२ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा