गगनको निम्तो स्वीकारेका मीनले भने- देउवालाई सर्वोच्च नेता स्वीकार्न हामी सबै तयार छौँ « Khabarhub

गगनको निम्तो स्वीकारेका मीनले भने- देउवालाई सर्वोच्च नेता स्वीकार्न हामी सबै तयार छौँ


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टी विभाजन हुन नदिन निर्वाचन आयोग र अदालतले आधिकारिक मानेको पक्षमा सहभागी भएको बताएका छन् । 

बुधबार रिपोटर्स क्लबले काठमाडौंमा गरेको साक्षात्कारमा नेता विश्वकर्माले पार्टीको आधिकारिकताका विषयमा कानुनी लडाइँ जारी रहे पनि पार्टी विभाजन हुन नदिन र एकताबद्ध राख्न निर्वाचन आयोग र अदालतले आधिकारिक मानेको कांग्रेसको पक्षमा उभिएको बताएका हुन् ।

उनले भाद्र २४ गते शेरबहादुर देउवामाथि भएको घटना दुःखद र निन्दनीय भएको उल्लेख गर्दै उपचारपछि फर्किएका देउवालाई सर्वोच्च नेताका रूपमा स्वीकार्न सबै तयार रहेको बताए । आधिकारिक पार्टी कार्यालय सानेपाको आह्वानमा हुने महाधिवेशनमा देउवाले प्रमुख अतिथिका रूपमा सहभागी भएर उद्घाटन गरिदिनुपर्ने उनले बताए ।

उनले गगन थापा र शेरबहादुर देउवा दुवै एक–आपसमा संवाद गर्न र भेट्न इच्छुक रहेको उल्लेख गर्दै केही दिनभित्रै प्रत्यक्ष संवाद र सहमति गराएर १५ औँ महाधिवेशनलाई पार्टी एकताको महाधिवेशन बनाउन पहल भइरहेको दाबी गरे । 

नेता विश्वकर्माले आधिकारिक कार्यालय सानेपा र असन्तुष्ट पक्ष रहेको चुनदेवी नमिली नेपाली कांग्रेसको जनमत, शक्ति र समर्थन प्राप्त हुन नसक्ने भएकाले दुवै पक्ष मिलेर अगाडि बढ्नुको विकल्प नरहेको धारणा राखे । 

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ४ : २८ बजे

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र