कांग्रेसले ५१२ पालिकामा सक्यो अधिवेशन, २४१ पालिकामा शुक्रबार र शनिबार हुने « Khabarhub

कांग्रेसले ५१२ पालिकामा सक्यो अधिवेशन, २४१ पालिकामा शुक्रबार र शनिबार हुने


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत बुधबार देशभरका पालिकामा अधिवेशन प्रक्रिया अघि बढेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार असोज १६ देखि १९ गतेसम्म हुने १५औँ केन्द्रीय महाधिवेशनका लागि जारी निर्वाचन कार्यतालिकाअनुसार बुधबार ५८ जिल्लाका ५१२ पालिकामा उद्घाटन तथा बन्द सत्रसहित निर्वाचन प्रक्रिया सुरु भएको कांग्रेसले जनाएको छ।

कांग्रेसका अनुसार बाँकी २४१ पालिकामा असोज ८ र ९ गते अधिवेशन प्रक्रिया सञ्चालन हुनेछ। यसैबीच, जल तथा मौसम विभागले असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको पूर्वानुमान गरेपछि कांग्रेसले अधिवेशनका लागि खटिएका निर्वाचन अधिकृतलाई मौसमको अवस्थालाई ध्यानमा राख्न निर्देशन दिएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सम्बन्धित निर्वाचन अधिकृतलाई आफ्नो मातहतका पालिका, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सञ्चालन गर्दा मौसमको अवस्था हेरी अनुकूल समय मिलाउन निर्देशन दिएका छन्।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ६ : २९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा