राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ « Khabarhub

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका छन् । अमेरिका र इरानबीच युद्ध जारी रहेका बेला पेजेस्कियनको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

पेजेस्कियनले बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै इरान अमेरिकासँगको युद्धमा आत्मसमर्पण नगर्ने बताएका छन् । यद्यपि उनले युद्ध अन्त्य गर्न कूटनीतिक माध्यमबाट समाधान खोज्न इरान तयार रहेको पनि बताएका छन् ।

सम्बोधनका क्रममा पेजेस्कियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिको आलोचना गर्दै दबाब र धम्कीले इरानलाई झुकाउन नसकिने बताएका थिए । उनले इरानी जनता दबाबसामु नझुक्ने धारणा राखे ।

पेजेस्कियनले युद्धका क्रममा सर्वसाधारणमाथि भएका आक्रमणको विषय पनि महासभामा उठाएका थिए । उनले इरानले आफ्नो प्रतिरक्षा गरिरहेको दाबी गर्दै अमेरिकामाथि आक्रमण गरेको आरोप लगाए। उनले विद्यालयका विद्यार्थीसमेत मारिएको भन्दै त्यसका तस्बिर महासभामा प्रस्तुत गरेका थिए ।

उनले स्ट्रेट अफ हर्मुजको विषय पनि उठाएका छन् । पेजेस्कियनका अनुसार विश्वका विभिन्न देशले हर्मुज हुँदै हुने व्यापारबाट लाभ लिइरहेका बेला इरानलाई त्यहाँबाट हुने ढुवानीमा रोक लगाइनु स्वीकार्य नहुने उनको भनाइ थियो । उनका अनुसार क्षेत्रमा शत्रुतापूर्ण सैन्य उपस्थिति र युद्ध विस्तारले शान्ति ल्याउन नसक्नेछ ।

पेजेस्कियनको सम्बोधन सुरु भएपछि अमेरिकी प्रतिनिधिमण्डल महासभा हलबाट बाहिरिएको रोयटर्सले जनाएको छ। अमेरिकी पक्षले तत्काल यसबारे प्रतिक्रिया दिएको थिएन ।

पेजेस्कियनको न्युयोर्क भ्रमण युद्ध र कूटनीतिक प्रयासबीच भएको हो । उनको भ्रमणअघि अमेरिकी प्रशासनले संयुक्त राष्ट्रसंघको उच्चस्तरीय बैठकमा सहभागी हुन इरानी राष्ट्रपति, विदेशमन्त्री अब्बास अराघ्ची र आवश्यक कूटनीतिक कर्मचारीलाई प्रवेश अनुमति दिएको थियो। तर इरानी प्रतिनिधिमण्डलका केही अतिरिक्त सदस्यलाई भिसा दिइएको थिएन ।

यसैबीच, पेजेस्कियनको सम्बोधनअघि अमेरिकी र इरानी अधिकारीबीच न्युयोर्कमा करिब तीन घण्टा वार्ता भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ता ‘धेरै राम्रो’ भएको बताएका थिए । इरानी पक्षले भने कूटनीतिक समाधानका लागि वार्ताको सम्भावना खुला राखे पनि दबाब र सैन्य धम्की स्वीकार नगर्ने संकेत दिएको छ ।

पेजेस्कियनको पाँचदिने न्युयोर्क भ्रमणका क्रममा विभिन्न राष्ट्रका नेतासँग भेटवार्ता, इरानी प्रवासी, बुद्धिजीवी तथा सञ्चारमाध्यमसँग छलफल गर्ने कार्यक्रम रहेको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ९ : ४६ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी