प्रधानमन्त्री शाहको प्रतिबद्धता- गान्धीको आदर्शबाट नेपाल–भारत सम्बन्ध बलियो बनाउनुपर्छ « Khabarhub

प्रधानमन्त्री शाहको प्रतिबद्धता- गान्धीको आदर्शबाट नेपाल–भारत सम्बन्ध बलियो बनाउनुपर्छ


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले महात्मा गान्धीका सत्य, अहिंसा र सेवाभावका आदर्शलाई आत्मसात् गर्दै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शाहले सोमबार बिहान नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सो अवसरमा उनले गान्धीको जीवन र विचारले सत्य, करुणा तथा निःस्वार्थ सेवाको महत्त्व विश्वसामु स्थापित गरेको उल्लेख गरेका छन्।

भगवान् गौतम बुद्धको जन्मभूमि नेपालबाट आएको उल्लेख गर्दै शाहले गान्धीको विरासतमा करुणालाई सबैभन्दा ठूलो शक्ति र समाजका कमजोर वर्गको सेवा नै वास्तविक नेतृत्वको आधार भएको सन्देश पाएको बताएका छन्।

उनले नेपाल र भारतबीचको सम्बन्ध भौगोलिक निकटतामा मात्र सीमित नभई साझा आस्था, आत्मीयता र पुस्तौँदेखिको मित्रतामा आधारित रहेको उल्लेख गरेका छन्।

गान्धीका कालजयी आदर्शलाई सम्मान गर्दै दुई देशबीचको सम्बन्धलाई इमानदारी, पारस्परिक सम्मान र अटुट विश्वासका आधारमा अझ प्रगाढ बनाउने नेपालको प्रतिबद्धता रहेको उनको भनाइ छ।

शाहले गान्धीका आदर्शले शान्तिपूर्ण, न्यायपूर्ण र सद्भावपूर्ण विश्व निर्माणका लागि नेपाल र भारतको साझा यात्रालाई मार्गदर्शन गरिरहने विश्वाससमेत व्यक्त गरेका छन्।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  १२ : ४० बजे

काभ्रेका १३ वटै स्थानीय तहबाट भूमि प्रशासन सेवा उपलब्ध हुने

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकका थप १० स्थानीय तहमा भूमि प्रशासनसम्बन्धी सेवा विस्तार हुने

‘बाटुलो जून’को कमाइ आठ करोड पार, अनमोलको आफ्नै रेकर्ड तोड्ने दौडमा !

काठमाडौं– नेपाली  फिल्म ‘बाटुलो जून’ले बक्स अफिसमा आफ्नो बलियो उपस्थिति

हेटौँडाको सहिद स्मारकमा एक महिनामै ३६ हजारभन्दा बढी पर्यटक, २२ लाख बढी आम्दानी

बागमती- बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारक पर्यटकको आकर्षक गन्तव्यका रूपमा

रिलिजको पाँच दिनअघि रश्मिकाको ‘मैसा’ स्थगित, नयाँ मिति अभिनेत्रीलाई नै थाहा छैन !

काठमाडौं– दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाको प्रतीक्षित एक्सन फिल्म ‘मैसा’

 पर्यटकलाई घोडा चढाएर आम्दानी गर्दै कन्यामका किसान

इलाम– इलामको सूर्योदय नगरपालिका–७ कन्यामका किसान सोमबहादुर तामाङको दैनिकी बिहान