रिलिजको पाँच दिनअघि रश्मिकाको ‘मैसा’ स्थगित, नयाँ मिति अभिनेत्रीलाई नै थाहा छैन ! « Khabarhub

रिलिजको पाँच दिनअघि रश्मिकाको ‘मैसा’ स्थगित, नयाँ मिति अभिनेत्रीलाई नै थाहा छैन !


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाको प्रतीक्षित एक्सन फिल्म ‘मैसा’ प्रदर्शन हुन पाँच दिन मात्रै बाँकी रहँदा स्थगित भएको छ । नोभेम्बर २७ मा हलमा आउने तयारीमा रहेको फिल्मको रिलिज मिति अन्तिम समयमा सारिएपछि दर्शकसँगै स्वयं रश्मिका पनि अन्योलमा परेकी छन् ।

रोचक त के छ भने फिल्म कहिले प्रदर्शन हुन्छ भन्ने जानकारी रश्मिकालाई समेत छैन । फिल्मका निर्माता तथा निर्देशक रविन्द्र पुल्लेले आइतबार सामाजिक सञ्जालमार्फत संयुक्त वक्तव्य जारी गर्दै प्रदर्शन स्थगित भएको घोषणा गरेका हुन् ।

निर्माताका अनुसार ‘मैसा’लाई प्राविधिक रूपमा उत्कृष्ट एक्सन फिल्म बनाउने प्रयास गरिएको छ । दर्शकलाई ठूलो पर्दामा विशेष र फरक अनुभव दिने उद्देश्यले फिल्म तयार पारिएकाले त्यसको गुणस्तरमा कुनै सम्झौता नगर्ने निर्णयसहित रिलिज मिति पछाडि सारिएको हो ।

तर, नयाँ प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन। निर्माताले चाँडै नै अर्को मिति घोषणा गर्ने र दर्शकले लामो समय कुर्नु नपर्ने बताएका छन् ।

निर्माताको घोषणापछि रश्मिकाले पनि इन्स्टाग्राम स्टोरीमा वक्तव्य साझा गर्दै आफ्नो प्रतिक्रिया दिएकी छन् । उनले रमाइलो शैलीमा लेखेकी छन्, ‘लाग्छ, फिल्मको रिलिज मिति पछाडि सर्दै छ। कहिले रिलिज हुन्छ भन्ने मलाई थाहा छैन । तर, थाहा हुनेबित्तिकै तपाईंहरूलाई पनि जानकारी दिनेछु ।’

फिल्ममा रश्मिकासँगै ईश्वरी राव, राहुल रविन्द्रन, समुद्रखनी, राव रमेश, शिवा कन्दुकुरी, तारक पोन्नप्पालगायत कलाकारको अभिनय छ। अब दर्शकले ‘मैसा’ हेर्न अझै कति समय कुर्नुपर्ने हो भन्ने कुरा निर्माताको आगामी घोषणाले तय गर्नेछ ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  १२ : ४३ बजे

हेटौँडाको सहिद स्मारकमा एक महिनामै ३६ हजारभन्दा बढी पर्यटक, २२ लाख बढी आम्दानी

बागमती- बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारक पर्यटकको आकर्षक गन्तव्यका रूपमा

रिलिजको पाँच दिनअघि रश्मिकाको ‘मैसा’ स्थगित, नयाँ मिति अभिनेत्रीलाई नै थाहा छैन !

काठमाडौं– दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाको प्रतीक्षित एक्सन फिल्म ‘मैसा’

 पर्यटकलाई घोडा चढाएर आम्दानी गर्दै कन्यामका किसान

इलाम– इलामको सूर्योदय नगरपालिका–७ कन्यामका किसान सोमबहादुर तामाङको दैनिकी बिहान

इटहरीमा गुडिरहेको कारमा अचानक आगलागी, सवार पाँच जना सकुशल (तस्बिरहरू)

काठमाडौं– सुनसरीको इटहरीस्थित मुख्य चोकमा गुडिरहेको कारमा अचानक आगलागी भएको छ

प्रधानमन्त्री शाहको प्रतिबद्धता- गान्धीको आदर्शबाट नेपाल–भारत सम्बन्ध बलियो बनाउनुपर्छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले महात्मा गान्धीका सत्य, अहिंसा र