मोदीले भने- प्रधानमन्त्री बालेन ‘स्पष्ट दृष्टिकोण र प्रतिबद्धता’ बोकेका नेता हुन् « Khabarhub

मोदीले भने- प्रधानमन्त्री बालेन ‘स्पष्ट दृष्टिकोण र प्रतिबद्धता’ बोकेका नेता हुन्


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह स्पष्ट दृष्टिकोण र प्रतिबद्धता बोकेका नेता भएको बताएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले शाहको नेतृत्वको प्रशंसा गरेका हुन् । ‘नेपालको भविष्य र भारत–नेपाल सम्बन्धका लागि उहाँमा स्पष्ट दृष्टिकोण र प्रतिबद्धता रहेको मैले महसुस गरेको छु,’ मोदीले भने ।

नेपाली जनताले दिएको ऐतिहासिक जनादेशले नेपालको नयाँ पुस्ताको आकांक्षालाई प्रतिबिम्बित गरेको मोदीको भनाइ छ । उनले सशक्त र समृद्ध नेपालको विकास यात्रामा भारत सधैं सहभागी हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सँगै अघि बढ्ने प्रतिबद्धता जनाए ।

‘भारत एक सशक्त र समृद्ध विकास यात्रामा सधैं सहभागी हुँदै आएको छ,’ मोदीले भने, ‘दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइका साथ अघि बढाउन हामीले महत्त्वपूर्ण निर्णयहरू लिएका छौँ ।’

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  २ : १० बजे

भारतले नेपाललाई दियो पारादीप र कान्डला बन्दरगाह प्रयोगको अनुमति

काठमाडौँ – तेस्रो मुलुकसँगको आयात–निर्यात व्यापारका लागि भारतले नेपाललाई उडिसाको

६६९ मेगावाटको तल्लो अरुण आयोजना निर्माण अघि बढ्यो, मोदी र शाहले गरे शिलान्यास

नयाँदिल्ली- नेपाल र भारतबीचको ऊर्जा सहकार्यअन्तर्गत निर्माण हुन लागेको ६६९ मेगावाट

प्रधानमन्त्री शाह र भारतका समकक्षी मोदीले गरे जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्‌घाटन

नयाँ दिल्ली–  प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले

मोदीले भने- प्रधानमन्त्री बालेन ‘स्पष्ट दृष्टिकोण र प्रतिबद्धता’ बोकेका नेता हुन्

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र

नेपाललाई भारतको २ खर्ब ४० अर्ब सहयोग घोषणा

काठमाडौँ- भारतले प्रधानमन्त्री बालेन्द्र शाहको राजकीय भ्रमणका क्रममा नेपाललाई २ खर्ब