यमनमा साउदीको आक्रमण, १० जनाको मृत्यु, २० भन्दा बढी घाइते « Khabarhub

यमनमा साउदीको आक्रमण, १० जनाको मृत्यु, २० भन्दा बढी घाइते


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– यमनको प्रमुख बन्दरगाह सहर होडेइडामा साउदी अरेबियाले गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् ।

हुथी विद्रोहीसँग सम्बन्धित सञ्चारमाध्यमले सोमबार दिएको जानकारीअनुसार आक्रमणमा यमनको पब्लिक टेलिकम्युनिकेसन कर्पोरेसनसँग सम्बन्धित भवनलाई निशाना बनाइएको थियो ।

हुथीको अलमसिराह टेलिभिजन च्यानलले सुरुमा आक्रमणमा चार जनाको मृत्यु भएको जनाएको थियो । तर, केही घण्टापछि मृतकको सङ्ख्या बढेर १० पुगेको जानकारी दिएको हो । घटनाबारे साउदी अरेबियाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

यमनका विभिन्न भूभाग र होडेइडा बन्दरगाह नियन्त्रणमा राख्दै आएका इरान समर्थित हुथी विद्रोही अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमनी सरकारलाई समर्थन गर्ने साउदी नेतृत्वको गठबन्धनसँग लामो समयदेखि युद्धरत छन् ।

साउदी नेतृत्वको गठबन्धनले आफ्नो देशको पश्चिमी लालसागर तटीय क्षेत्रमा प्रहार गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र रोकेको जनाएको भोलिपल्ट होडेइडामा आक्रमण भएको हो । उक्त तटीय क्षेत्रमा साउदी अरेबियाका प्रमुख तेल प्रतिष्ठानहरू रहेका छन् । हुथी विद्रोहीले पछिल्ला साताहरूमा विमानस्थल र सैन्य अखडालाई समेत निशाना बनाउँदै आएका छन् ।

एक दशकभन्दा लामो समयदेखि गृहयुद्धमा फसेको यमन गत जुलाईमा हुथी विद्रोही र साउदी समर्थित सरकारबीचको युद्धविराम भङ्ग भएपछि अमेरिका र इरानबीचको द्वन्द्वको थप चपेटामा परेको थियो ।

संयुक्त राष्ट्रसङ्घको पछिल्लो तथ्याङ्कअनुसार युद्धविराम भङ्ग भएयता यमनमा एक हजार ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने तीन लाखभन्दा बढी विस्थापित भएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ४ : ३९ बजे

कार्तिक नाच हेर्दै प्रधानमन्त्री पत्नी काफ्ले (तस्बिरहरू) 

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने राजकीय भ्रमणमा रहेका

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी नेपाल-भारत संयुक्त वक्तव्यमा के छ ?

नयाँ दिल्ली- प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने औपचारिक भारत भ्रमणका क्रममा

मनकामना केबलकारबाट दुई करोड यात्रुले गरे यात्रा

चितवन– गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शनका लागि सञ्चालनमा रहेको

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सकेर आजै स्वदेश फर्कंदै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमण पूरा

यमनमा साउदीको आक्रमण, १० जनाको मृत्यु, २० भन्दा बढी घाइते

एजेन्सी– यमनको प्रमुख बन्दरगाह सहर होडेइडामा साउदी अरेबियाले गरेको हवाई आक्रमणमा